दाङ –काठमाडौं दैनिक दुई उडान

दाङ –काठमाडौं दैनिक दुई उडान

दाङ : दाङको तुलसीपुर र काठमाडौं दैनिक दुईपटक हवाई उडान हुने भएको छ । यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक दुईपटक उडान गर्ने दाङ–काठमाडौ| कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिए ।

अहिले दैनिक एक उडान भर्दै आएकोमा चैत १८ गतेबाट दिनमा दुईपटक हवाई सेवा सञ्चालन गर्ने तयारी भएको दाहालले जानकारी दिए । असोज २७ गतेबाट सातामा दुईवटा उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसबाट दैनिक सेवा सञ्चालन गर्दै आएको थियो । लामो समयदेखि बन्द रहेको विमान सेवा सञ्चालन नियमित भएपछि उडान थपेर दैनिक दुईपटक बनाइएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए । उनले एयरलाइन्सको भूमिका सकारात्मक भएको भन्दै स्थानीयले सहज रूपमा हवाई सेवा पाउने बताए ।

विमान सेवा दैनिक दुईपटक सञ्चालन हुने कुराले यहाँका सर्वसाधारण खुसी भएका छन् । ‘एकैदिनमा काठमाडौंको काम सकेर दाङ आउन पाइने भइयो, यसले सबैलाई खुसी बनाएको छ’, स्थानीय व्यवसायी तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरु रावतले भने । यसले व्यापारीलाई निकै फाइदा पुग्ने उनले बताए । राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले दैनिक दुईपटक हवाइ सेवा सञ्चालन हुने कुराले उत्साहित बनाएको बताए । उनले आपतकालीन अवस्थामा जिल्लाबाहिरको हवाई मार्ग प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । तुलसीपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले व्यवसायीलाई दैनिक दुईपटक हवाइ सेवा सञ्चालन हुँदा निकै राहत महसुस भएको बताए ।

बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनसँगै यात्रु प्रतिक्षालय टर्मिनल भवन निर्माण अन्तिम चरणमा छ । नगर प्रमुख पाण्डेले अन्य निजी विमान कम्पनीले उडानका लागि प्रस्ताव गरेको भन्दै इन्धन डिपो स्थापना भए निजी विमान कम्पनीले उडान भर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.