एसईई परीक्षार्थीले तोडफोड गरेपछि ६ सेल अश्रुग्यास प्रहार : ६ विद्यार्थी पक्राउ

एसईई परीक्षार्थीले तोडफोड गरेपछि ६ सेल अश्रुग्यास प्रहार : ६ विद्यार्थी पक्राउ

मलंगवा : प्रदेश–२ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) दुई विषयको परीक्षा स्थगित भएपछि सर्लाहीका विद्यार्थी आन्दोलित बनेका छन्। बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक शिक्षा विषयको परीक्षा रद्ध भएपछि विद्यार्थी आक्रोशित भएका हुन्।  

परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले बिहीबार र शुक्रबारको परीक्षा रद्ध गरेको हो। 

दुई विषयको परीक्षा रद्ध भएपछि शुक्रबार बिहानैदेखि सर्लाही सदरमुकाम मलंगवामा विद्यार्थीले प्रदर्शन गरेका हुन्। आन्दोलित बनेका विधार्थीले शुक्रबार मलंगवाका विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेका हुन्। 

विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीको भवनको सिसा तोडफेड गर्नुको साथै हरिपुर नगरपालिकाको सरकारी गाडीमा समेत तोडफोड गरेका छन्।

प्रहरीका अनुसार हरिपुर नगरपालिकाको ना १ झ १६३५ नम्बरको गाडिको सिसा फुटेको छ। प्रहरीका अनुसार विद्यार्थीको उग्र भिडले बजारमाा लगाइएको सिसी क्यामेरा समेत फुटाएको छ।

सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार भिड नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास प्रहार भएको छ। भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउसमेत गरेको छ। शुक्रबार बिहानैदेखि विद्यार्थी आन्दोलित भएपछि मलंगवा बजार क्षेत्रका विद्यालय बन्द गरिएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.