मकवानपुरमा रोकिएन बालबिवाह, ४३ बालवालिका बेपत्ता

मकवानपुरमा रोकिएन बालबिवाह, ४३ बालवालिका बेपत्ता

मकवानपुर : बालविवाह रोक्न सरोकारवाला निकायले गरिरहेपनि मकवानपुरमा बालबिवाह नियन्त्रण हुन सकेको छैन। घटनामा कमी आएको छैन। प्रदेश–३ सरकारले प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने तयारी गरिरँहदा मकवानपुरमा १४ महिनाभित्र २८ वटा बालबिवाह भएका छन्। 

मकवानपुरमा आर्थिक वर्ष २०७४/७५ मा २० वटा भएका थिए। राक्सिराङ, मनहरी, बकैया लगायतका गाउँपालिकामा धेरै बालविवाह हुने पाइएको छ। ती गाउँपालिकामा अभिभावकले बिवाह गरिदिने भन्दा आफै राजिखुशी भागेर बिवाह गर्ने धेरै रहेको बालवालिकाको क्षेत्रमा काम गर्दै आएको बाल हेल्पलाइन मकवानपुरका कार्यक्रम संयोजक झबिन्द्र ज्ञवालीले बताए। 

‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, बिचैमा पढाई छाड्ने समस्या, बाबु आमाको दबाव आदी कारणले बाल बिवाह न्युनिकरण हुन नसकेको देखिन्छ’ उनले भने,‘छोरीलाई घरको गराउन बिचमै पढाई छोड्न लगाउने र गरिबीका कारण पनि बालबिवाह बढ्दै गएको पाइन्छ।’ 

सामाजिक संघसंस्थाले रोकिदिएको बाल बिवाह पनि कतिपय अभिभावकले नै तत्काल पुनः बिहे गरिदिने गरेको संयोजक ज्ञवालीले बताए। १४ महिनामा भएका २८ बालबिवाह मध्ये नौ वटा बालबिवाह रोक्न सफल भएको उनले बताए। 

सन् २०१८ जनवरीदेखि सन् २०१९ फेब्रुअरीसम्म २२ जना बालिका र ६ जना बालकले बालबिवाह गरेको सिविनको तथ्याङ्क छ। 

४३ बालवालिका बेपत्ता

१४ महिनाको अवधिमा मकवानपुरबाट ४३ बालबालिका बेपत्ता भएको मकवानपुर प्रहरीको तथ्याङ्क छ।  त्यस्तै ५२ बालबालिका बेवारिसे अबस्थामा फेला पारेर उद्धार गरिएको सिविन मकवानपुरले जनायो। 

यही अवधिमा २० जना बालक र २३ जना बालिका हराएका छन्। ४० बालक र १२ बालिका भने बेवारिसे अवस्थामा फेला परेको सिविनले जनाएको छ। 

धेरैजसो बालवालिका गलैचाँ बुन्ने, लामा पढ्नका लागि भनेर भारतमा लैजाने गरिएको मकवानपुर प्रहरी प्रमुख मुकेश सिंहले बताए। 

मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित काँकडाका किशोरी आमाहरु आफ्नो बच्चाको साथमा। फोटो÷फाइल 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.