अनुसन्धान अधिकृतको प्रमाणपत्र नक्कली
![अनुसन्धान अधिकृतको प्रमाणपत्र नक्कली](https://annapurnapost.prixacdn.net/media/albums/CIAA-office-building_20180806132245_A56HxzEcXX.jpg)
काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत विमल खड्काविरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर सरकारी लाभको पद लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
नक्कली प्रमाणपत्र पेश गरी अनुसन्धान अधिकृतमा बढुवा भएको पुष्टि भएपछि शुक्रबार खड्काविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)