बिग्रँदै मिर्ग‌ौला : लक्षण नकुरौं

बिग्रँदै मिर्ग‌ौला : लक्षण नकुरौं

यतिबेला ३ लाख नेपाली मिर्गौलासम्बन्धी समस्याबाट पीडित रहेको मिर्गौला रोग विशेषज्ञहरूको अनुमान छ। करिब ३ लाख नेपालीको मिर्गौला बिग्रँदै गरेको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले बताउँछन्। ‘३ लाखमध्ये ३० हजारको मिर्गौला नराम्रोसँग बिग्रिएको छ’, उनले भने। ३ हजार मिर्गौला बिग्रेका नेपाली डायलाइसिस गर्न पाए बाँच्ने नपाए जीवन गुमाउने अवस्थामा छन्। बालकदेखि वृद्धसम्मका मिर्गौला बिग्रेका छन्। महिला र पुरुष दुवै मिर्गौला बिग्रने समस्याबाट बराबरी नै पीडित छन्।

अहिले मिर्गौला खराब भएका झण्डै ४ हजारले डायलाइसिस गरेर आयु लम्ब्याइरहेका छन्। डायलाइसिस सेवा निःशुल्क छ। तर कैयौं बिरामी पहुँच नहुँदा डायलाइसिस सेवा पाउनबाट वञ्चित छन्। कतिपयले भने मिर्गौला प्रत्यारोपण गरेर सक्रिय जीवन बिताइरहेका छन्।

कस्ता व्यक्ति जोखिममा ?

· मधुमेहपीडित

· उच्च रक्तचाप भएका

· पेनकिलर औषधि धेरै खाने

· मिर्गौलामा पत्थरी भएका

लक्षण नदेखिने रोगका रूपमा समेत मिर्गौला बिग्रने समस्यालाई लिइन्छ। लक्षण कुर्नु हुँदैन। ३० वर्ष माथिका व्यक्तिले उच्च रक्तचाप र मधुमेह छ भने सजग हुनै पर्छ। मोटोपना भएका व्यक्ति र परिवारका कसैलाई मिर्गौलाको समस्या छ भने वर्षको एकपटक रगतमा क्रिएटिनिन र पिसाबमा एल्बुमिनको मात्रा परीक्षण गर्नु पर्छ। पिसाबमा एल्बुमिन देखियो भने मिर्गौलाको समस्या सुरु भएको थाहा हुन्छ। समयमै उपचार गर्दा निको पनि हुन सक्छ।

मिर्गौला बिग्रँदै गए पनि लक्षण नदेखिन सक्छ। कतिपयमा झण्डै ९० प्रतिशत मिर्गौला बिग्रेपछि मात्र लक्षण देखिन सक्छ।

लक्षण

· वाकवाकी लाग्ने

· बान्ता हुने

· कमजोरी महसुस हुने

· थकाइ लाग्ने

· भोक नलाग्ने

सावधानी

· उच्च रक्तचाप सन्तुलनमा राख्ने

· मधुमेह नियन्त्रणमा राख्ने

· खानपानमा सजग हुने

· पानी पर्याप्त पिउने

· धुमपान, मद्यपान नगर्ने

· वजन सन्तुलनमा राख्ने

· नुन थोरै खाने

· सन्तुलित भोजन गर्ने

· नियमित व्यायाम गर्ने

उपचार

डायलाइसिस वा मिर्गौला प्रत्यारोपण गरेर मात्र समस्या समाधान हुँदैन। रोग लागरे उपचार गर्नुभन्दा लाग्नै नदिन बर्सेनि मिर्गौला परीक्षण गराउनु पर्छ। रगतमा क्रिएटिनिन बढे मिर्गौला बिग्रन थालेको संकेत हो। समयमै उपचार गर्दा मिर्गौला बिग्रने क्रम रोकथाम गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.