मिगाले लगानी सुनिश्चिततामा सहयोग गर्ने
काठमाडौं : विश्व बैंक समूहको एजेन्सी मल्टिल्याटेरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सी (मिगा) ले निजी क्षेत्को लगानी समस्या समाधानका लागि सहयोग गर्ने बताएको छ।
मिगाकी प्रमुख कार्यकारी अधिकृत केईको होन्डाले नेपालको निजी क्षेत्रको लगानी सुनिश्चितताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्।
विदेशीक लगानीको क्षेत्रमा दक्षिण एसियामा नेपाल उदाउदो तारा भएको होन्डाले बताइन्। सरकारले लगानीको सुनिश्चितताका लागि नीतिगत सुधारको काम गरिरहेको उनले बताइन्।
‘लगानी सुनिश्चितताका लागि नेपाल सरकारलाई हाम्रो साथ छ’, उनले भनिन्, ‘हामी निजी क्षेत्रले सामना गर्नुपरेका चुनौतीमाथि काम गर्न चाहन्छौं।’