कांग्रेस नेताहरू भन्छन्- एसईई प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार जिम्मेवार

कांग्रेस नेताहरू भन्छन्- एसईई प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार जिम्मेवार

काठमाडौं : प्रदेश–२को एसईई परीक्षा रद्द भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले केन्दीय सरकार जिम्म्ेवार हुनुपर्ने बताएका छन्। परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिन थालेपछि शुक्रबार साझ प्रदेश–२को परीक्षा रद्द गरिएको थियो।  

सरकारको लापरवाहीका कारण एसईई परीक्षा रद्द भएको आरोप नेता डा.शेखर कोइरालाले लगाएका छन्। शनिबार नेता कोइरालाले उक्त घटना राज्यको गैर–जिम्मेवारीपनका कारण भएको दाबी गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई तत्काल राजीनामा दिन माग समेत गरेका छन्।  

‘परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ। यस सवालमा संघीय सरकार चुकेको देखिन्छ। यो गम्भीर घटनाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउनु पर्दछ,’ कोइरालाले भने। 

त्यस्तै अर्का कांग्रेस नेता प्रकाशमान सिंहले लगानी सम्मेलन चलिरहेकै बेला प्रदेश–२ मा कमजोर सुरक्षाका कारण प्रश्नपत्र आउट भएर एसईई परीक्षा रद्द हुनु देशकै लागि लज्जाको विषय भएको बताएका छन्। 
‘यत्रो लगानी सम्मेलन भइरहेको बेला दुई नम्बर प्रदेशमा एसईई परीक्षा रद्द भयो। यसले सुचारु रुपले सक्षमताका साथ नेतृत्व गर्न नसकेको प्रमाणित हुन्छ’ सिंहले शनिवार काठमाडौमा आयोजित एउटा कार्यक्रमकमा भने,‘सरकारले शान्ति सुरक्षाको र लगानीको वातावरण नबनाएसम्म घाटा खान विदेशी लगानीकर्ता आउदैन।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.