सोमबारबाट दैनिक १० घण्टा अन्तराष्ट्रिय विमानस्थल ठप्प

सोमबारबाट दैनिक १० घण्टा अन्तराष्ट्रिय विमानस्थल ठप्प

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबारबाट सुरु हुने मर्मतको कामका लागि निर्माण सामाग्री संकलनको काम तिब्र रुपमा भइरहेको छ। 

विमास्थलको धावनमार्ग मर्मतअघि ठेकेदारले ७० प्रतिशत निर्माण सामाग्री संकलन गरिसक्नुपर्ने छ। सोही अनुसार काम भइरहेको निर्माण कम्पनीले बताएको छ। विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनलाई दिइएको छ।

धावनमार्ग ममर्तका क्रममा दैनिक १० घण्टा विमानस्थल ठप्प हुनेछ। राति १० बजेदेखि आठ बजेसम्मका सबै उडान दिउँसो सारिएको विमानस्थल कार्यालयले जनाएको छ। मर्तमत कार्य ९० दिनभित्र सक्नु पर्नेछ। निर्माण अवधिमा सबैभन्दा बढी आन्तरिक उडान प्रभावित हुनेछन्।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.