वनमा आगो लगाउँदै गरेका पूर्वउपाध्यक्षले कुटे अध्यक्षलाई

वनमा आगो लगाउँदै गरेका पूर्वउपाध्यक्षले कुटे अध्यक्षलाई

गाईघाट : सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि खटिएका अध्यक्ष र अर्का एक उपभोक्तामाथि कुटपिट भएको छ।

शुक्रबार बेलुका असारी जंगलमा लागेको डढेलो नियन्त्रणका लागि खटिएका असारी सामुदायिक वन उपभोक्ता समुह त्रियुगा नगरपालिका १३ का अध्यक्ष ७२ वर्षीय वर्मलाल दाहाल र उपभोक्ता भविन्द्र थापामाथि सोही सामुदायिक वनका पूर्वउपाध्यक्ष बिष्णुबहादुर थापाले आक्रमण गरेका हुन्।

जंगल जाँदा थापा आफूसमेत उपभोक्ता रहेको वनमा डढेलो लगाउँदै गरेको अवस्थामा भेटिएपछि पक्राउ गर्न लाग्दा थापाले आक्रमण गरेको गाईघाट डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए। जंगलमा फेला परेका थापाले दाहाललाई देखेपछि किन सुराकी गरेको भन्दै आक्रमण गरेको उनले बताए।

‘वनमा लागेको डढेलो नियन्त्रण गर्ने प्रयास जारी थियो, त्यसक्रममा सावउसका पदाधिकारीहरू राती छड्के गर्न जाँदा पूर्व उपाध्यक्ष थापा डढेलो लगउँदै गरेको अवस्थामा भेटिएपछि पक्राउ गर्न लाग्दा आक्रमण भएको हो’, अध्यक्ष दाहालले भने, ‘आगो लगाउन व्यक्तिको खोजीगर्दा एकै ठाउँबाट जाँदा नभेटिने भएपछि हामी छरिएर गएका थियौ, त्यसक्रममा मैले थापालाई फेला पारे, पक्राउ गर्न लाग्दा आक्रमण गरे।‘

आफूमाथि अन्धाधुन्द आक्रमण भएपछि चिच्याएको सुनेर नजिकमा रहेका साथीहरूले उद्धार गरेको र थापालाई समेत गिरफ्तार गरी प्रहरीलाई बुझाएको उनले बताए। कुटपिटबाट घाइते भएका अध्यक्षको गाईघाटस्थित सिभिल हस्पिटलमा उपचार गराइरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गौरव भट्टले बताए। उनको ढाड, टाउको लगायतका शरिरका विभिन्न भागमा चोट लागेको उनले बताए। सामान्य अवस्थामा रहेका भविन्द्र भने घर फर्किएका छन्।

पक्राउ परेका थापालाई वन ऐनअनुसार कारवाही गरिने सूचना अधिकारी साहले बताए। उनले भने, ‘वन ऐन अनुसार ३० देखि ५० हजारसम्म बिगो क्षतिपूर्ति तिर्नुपर्छ, अनि घाइतेको उपचार गर्नुपर्छ।’

साहका अनुसार शुक्रबार राती असारी सावउसमा लागेको डढेलोले ३० देखि ४० हेक्टर वन सखाप भएको छ। यसैगरी वनमा डढेलो लगाउनेक्रममा तीन दिनअघि भेटिएका देउराली सावउस चौदण्डीगढी नगरपालिका ३ मा एक जनालाई जरिवान तिराइ छाडिएको छ। वनमा आगो लगाउने दिलिप तामाङलाई ३२ हजार ५ सय जरिवान गरिको साहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.