पूर्वाधार विकासमा गैरआवासीय नेपालीको १० अर्ब

पूर्वाधार विकासमा गैरआवासीय नेपालीको १० अर्ब

काठमाडौं : सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच १० अर्ब रुपैयाँ भित्र्याउने सहमति भएको छ। लगानी सम्मेलनमा सरकारले एनआरएनएसँग उक्त रकम भित्र्याउन सम्झौता गरेको हो।

एनआरएनएले गत वर्ष १० अर्ब रुपैयाँको पूर्वाधार कोष स्थापना गर्ने घोषणा गरेको थियो। सम्झौतासँगै उक्त रकम गैरआवासीय नेपाली संघले स्थापना गर्ने लगानी कम्पनीमार्फत भित्र्याउन एनआरएनएले स्वीकृति पाएको छ।

१० अर्ब रुपैयाँ चुक्ता पुँजी हुने लगानी कम्पनीले आगामी एक वर्षभित्र गैरआवासीय नेपालीका लागि सेयर जारी गरी रकम संकलन गर्न सक्नेछ। गैरआवासीय नेपाली संघका सदस्यले मात्र सेयर लगानीकर्ताका रूपमा रहने र गैरआवासीय नेपाली प्रवद्र्धित लगानी कम्पनीले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बताइएको छ।

सम्झौतासँगै गैरआवासीय नेपाली संघले कम्पनी दर्ता प्रक्रिया अघि बढाउने बताएको छ। कम्पनीको प्रबन्धपत्र, नियमावलीको मस्यौदा तयार भइसकेको एनआरएनए सचिवालयले जनाएको छ। चुक्ता पुँजीको कति प्रतिशत सेयर जारी गर्न पाउने, कति अवधिभित्र सेयर जारी गर्नेलगायत विषय तय हुन बाँकी रहेको एनआरएनए सचिवालयका सीईओ हेमन्त दवाडीले बताए।

जलविद्युत्मा बाहेक विद्यमान व्यवस्थाले कम्पनी सञ्चालनमा आई तीन वर्ष निरन्तर नाफामा गएकाले सर्वसाधरणमा सेयर जारी गर्न पाउँछन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले भने ५१ प्रतिशत संस्थापक सेयर राखेर बाँकी सर्वसाधरणमा परिणत गर्न सकिने सुविधा दिएको छ। एनआरएनएले स्थापना गर्ने लगानी कम्पनीलाई ५१ प्रतिशत संस्थापक सेयर राख्नुपर्ने व्यवस्था भयो भने पनि त्यसका लागि ५ अर्ब १० करोड रुपैयाँ आवश्यक पर्छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्योग, व्यवसायमा लगानी आकर्षित गर्न पनि पहिले पूर्वाधारको गुणस्तर नै सुधार गर्न आवश्यक भएकाले एनआरएनको लगानी कम्पनीमार्फत पूर्वाधारमा लगानी गर्न लागेको बताए। उनले एनआरएनले केही परियोजनाको तयारी गरिरहेको बताउँदै एनआरएनको सामूहिक लगानीबाट पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा योगदान गर्न बाटो खुलेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.