लिफ्ट बनाउँदै ललितपुर महानगर

लिफ्ट बनाउँदै ललितपुर महानगर

ललितपुर : ललितपुर नगरपालिका (हाल महानगर) का दोस्रो मेयर बुद्धिराज बज्राचार्यका पालामा महानगरको भवन चिनियाँ सरकारको सहयोगमा बन्यो। तर भब्य र सुन्दर भवनमा लिफ्ट राखिएन्। बज्राचार्य आफैँ अहिलेका मेयर चिरीबाबु महर्जनको कार्यकक्षमा आउनुपर्दा तनाव महशुस गर्छन्। लट्ठीको सहारामा हिँडडुल गर्ने उनी आफ्ना पालामा बनेको भवनमा लिफ्ट नबनाएकोमा पछुतो मानेका छन्। मेयर महर्जनको कार्यकक्ष तीनतला माथि छ।

काम विषेशले महानगर कार्यलय पुगेका वृद्धवृद्धा र फरक क्षमता भएकाहरूलाई तलमाथि गर्न समस्या छ। महानगको राजश्व प्रशासन महाशाखा तथा शिक्षा शाखा बाहेक अन्य शाखासम्म पुग्न सिँढी चढेर जानुपर्ने हुन्छ। अपांग मैत्री संरचना नभएका कारण समस्या भोग्नेमा महानगरकै कर्मचारी पनि छन्। ती कर्मचारी भदौमा समायोजनमा परी महानगरमा आएका हुन्। फरक क्षमताका रामेछापका धनबहादुर कार्की असिस्टेन्ट सव–इन्जिनियरका रूपमा ०५२ सालदेखि कार्यरत छन्। उनी तत्कालीन जिविस र (हालको जिसस) ललितपुरमा काम गथ्र्ये।

समायोजनपछि महानगर पुग्दा काम गर्न अप्ठेरो महशुस भएको उनले अनुभवन सुनाए। ‘सुरु सुरुमा हाजिर गर्दै फर्किएँ, बस्ने ठाउँ थिएन’, कार्कीले भने, ‘अहिले भुर्इंतलामा रहेको शिक्षा शाखामा काम गर्दैछु।’

०६३ जेठमा घरको तीनतला माथिबाट खसेपछि उनको कम्मरमुनिको भाग नचल्ने भएको छ। त्यसयता उनी ह्वीलचियरको सहायताले हिँडडुल गर्छन्। अपांग मैत्री संरचना नहुँदा जटिल भएको उनले सुनाए।

महानगरमा हाजिर भएको सात महिना भइसक्दा पनि हालसम्म मेयरको कार्यकक्षसम्म पुग्न नसकेका उनी अब भने सहजै त्यहाँ पुग्ने छन्।

महानगरले बिहीबारदेखि लिफ्ट निर्माणको काम सुरु गरेको छ। ललितपुर महानगर मेयरको सचिवालयका सदस्य राजु महर्जनका अनुसार आउँदो जेठ सम्ममा महानगरपालिकाले लिफ्ट बनाइसक्ने भएको छ। यसका लागि महानगरपालिकाले एक करोड ८ लाखमा टेन्डर खुलाएको थियो। महर्जनले भने, ‘लगभग ९२ लाख ६६ हजारमा लिफ्ट बन्ने छ।’

फरक क्षमताका व्यक्ति, वृद्धवृद्धालाई लिफ्ट नहुँदा अप्ठेरो परेको महशुस भएपछि महानगरपालिकाले लिफ्ट बनाउन लागेको हो। ‘मेयरलाई भेटन तीन तलामाथि आउनुपर्छ’, महर्जनले भने, ‘अरू काम गर्न पनि भर्‍याङ चढनुपर्ने बाध्यता छ।’

मेयर चिरीबाबु महर्जनले चुनावी अभियानका क्रममा अपांगमैत्री संरचना बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.