म फेसबुक चलाउँदिनँ

म फेसबुक चलाउँदिनँ

म नेपाली रंगमञ्चको कलाकार हँ। मलाई फिल्मको पर्दामा पनि थरीथरीका अभिनयमा देख्न सकिन्छ। तर खासमा म आफूलाई किसान भन्न रुचाउँछु। म स्याङ्जाको पुतलीबजारमा जन्मिएको हँ। सानोमा म अत्यन्तै बदमास थिएँ। उट्फट्याङ काम मात्रै गर्थें। सायद परिवारको मायाले पुल्पुलिएर होला, साथीहरूसँग धेरै झगडा गर्थें। त्यसैले मलाई उनीहरूले मन पराउँथेनन्। पछि म काठमाडौं आएँ। झगडा गर्ने बानीलाई मैले हटाउँदै लगँे। अहिले मेरा थुप्रै असल साथीहरू छन्।

मलाई विद्यालय जान खुब रमाइलो लाग्थ्यो। तर पढ्नमा अल्छी। त्यसैले एसएलसीमा फेल भएँ। पढ्न अल्छी गर्नु हुँदैन रहेछ भन्ने बल्ल पो थाहा भो। मानिसले आफ्नो गल्तीबाट सधैं पाठ सिक्दो रहेछ भन्ने लाग्यो। मलाई सानैदेखि शिक्षकहरूसँग ज्ञानगुनका कुरा सिक्न मन पथ्र्यो। भविष्यमा ठूलो मान्छे बन्नुपर्छ भन्ने मनमा कुरा खेल्थ्यो। त्यसैले रुचिको काम ध्यान दिएर गर्थेँं।

मलाई किताबी ज्ञानमा मात्र विश्वास लाग्दैन। असल मान्छे बन्न आफू बसेको समाज, त्यहाँको परम्परा, भाषा, संस्कृति बुझ्नुपर्छ। मेरो बुवा किसान हुनुहुन्छ। उहाँ सधंै खेतीपातीमा व्यस्त रहनुहुन्छ। मलाई पनि किसानी काम मन पर्छ। त्यसैले म सानैदेखि घरको काम, खेतबारीको काम गर्थें। मलाई बारीमा गोडमेल गर्ने काममा बडो रमाइलो लाग्छ। आज पनि काठमाडौंबाट कहिलेकाहीँ घर जाँदा खेतबारीमै रमाउने गरेको छु। मलाई हजुरबुवा, हजुरआमाहरूसँग कुरा गर्न, उहाँहरूको अनुभव सुन्न खुब मन पर्छ।

भाइबहिनी हो, म गलत कुरालाई सहन्न। चित्त नबुझेको कुरामा प्रश्न गर्छु र आफूलाई लागेको कुरा पनि भन्छु। सानैदेखि मलाई लेख्न खुब मन पर्छ। लेख्ने बानी विद्यालयबाट नै सुरु भयो। फुर्सदको समयमा आफूलाई मन पर्ने विषयमा कापीभरि सफा अक्षरले लेख्थेँ। यसरी मेरो लेखन शैली राम्रो हुँदै गयो। अझै पनि म कापीमै लेख्छु। कम्प्युटरमा लेखेको मलाई चित्त बुझ्दैन। लेख्दा मलाई शान्त ठाउँ चाहिन्छ।

आज म नेपाली फिल्म क्षेत्रमा निर्देशक, लेखक र कलाकारको रूपमा चिनिन्छु। फिल्ममा आउनुअघि मैले नाटकबाट अभिनय सुरु गरेको हुँ। मेरो पहिलो नाटक ‘सूत्रधार’ हो। ‘वधशाला’, ‘पशुपतिप्रसाद’, ‘टलकजंग भर्सेस टुल्के’ लगायत फिल्ममा मेरो अभिनय छ।

मेरा बुबा मलाई धेरै पढाउन चाहनुहुन्थ्यो। धेरै पढेर मैले सरकारी जागिर खाओस् भन्ने उहाँको इच्छा थियो। तर मलाई घोकन्ते विद्या मन पर्दैनथ्यो। मलाई त ठूलो लेखक बन्नु थियो। लेखक बन्ने सपना आज पूरा गएकाले मलाई सन्तुष्टि लाग्छ। फिल्मको कथा, पटकथा लेखनमा म आफू जोडिन रुचाउछु।

 धेरैले फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमा बढी समय बिताउँछन्। मलाई भने यो सबै समयको बबार्दी जस्तो लाग्छ। म फेसबुक चलाउँदिनँ। बरु काम पर्‍यो भने फोन गर्छु। सकेसम्म भेट्नै जान्छु।

म सुखसयल मै हुर्केको केटा हुँ। मेरो बुवाले ममाथि सधंै विश्वास गर्नुभयो। काठमाडौंमा बस्दा कमाउन सकेको थिइनँ तर बुवाले मेरो असफलतामा दुःख मान्नु भएन।

पछि मैले बीबीसीमा जागिर खाएँ। सँगसँगै नाटक पनि गरिरहेको थिएँ। मैले कमाउन नसक्दा गाउँमा ६, ७ लाख ऋण भइसकेछ। तर म कत्ति पनि विचलित भइनँ।

अप्ठ्यारो परिस्थितिमा आत्तिनु हुँदैन भन्ने मलाई थाहा थियो। बुवालाई पनि सान्त्वना दिँदै भने, ‘म यो सबै ऋण एकै दिनमा चुक्ता गरिदिन्छु।’ उहाँलाई विश्वास थिएन। तर मैले कमाएको बचत गरेँ र सबै ऋण एकै पटकमा तिरिदिएँ।

भाइबहिनी हो, जीवनमा सधंै फूल फुल्नु पर्छ भन्ने केही छैन। खडेरी पनि पर्नु पर्छ, पानी पनि पर्नु पर्छ। अनि मात्र हाम्रो जीवन सार्थक हुन्छ। मेरो फिल्म ‘पशुपतिप्रसाद’ धेरैले मन पराए। यो फिल्म बनाउँदा धेरै दुःख झेलेको छु। बिहानै ३, ४ बजे नै सुटिङ हुन्थ्यो। दिनको १८ घण्टा काम गरिन्थ्यो। मैले ‘पशुपतिप्रसाद’ यति धेरै सफल होला भन्ने सोचेको थिइनँ। तर दर्शकले मन पराइदिए। त्यसैले, भाइबहिनीहरूले पनि कुनै पनि काम गर्दा धेरै मेहनत गर्नु। त्यस कामको प्रतिफलको आशा नगर्नु। राम्रो कामको पछि सबैले मूल्यांकन गर्छन्।

मैले अहिलेसम्म लेखेका, अभिनय गरेका कुनै फिल्म घाटामा गएका छैनन्। यसैमा म खुसी छु।

भाइबहिनीहरूलाई सुनाउनै पर्ने मेरो अर्को पनि कुरा छ। म अनुशासनमा बस्न रुचाउँछु। म समयको अति ख्याल राख्छु। मलाई समय खेर फाल्न मन पर्दैन। कसैलाई भेट्न जाँदा वा कुनै कार्यक्रममा जाँदा समयमै पुग्छु। समयको महत्व नबुझ्ने मान्छे मलाई फिटिक्कै मन पर्दैन।

अहिलेको जमाना भनेको प्रविधिको हो। धेरैलाई मोबाइल र इन्टरनेटमा व्यस्त प्रायः देख्छु। उनीहरू फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमा बढी समय बिताउँछन्। मलाई भने यो सबै समयको बबार्दी जस्तो लाग्छ। यसबाट हामीले ज्ञानगुनका कुरा सिक्न सक्दैनौं। तिमीहरूलाई अचम्म लाग्ला, म फेसबुक चलाउँदिनँ। बरु काम पर्‍यो भने फोन गर्छु। सकेसम्म भेट्नै जान्छु।

म अहिले किताब लेख्ने, नाटक र फिल्मका कथा लेख्ने काममा छु। फिल्मलाई आफ्नो जीवनसँग जोडेर हेर्छु। र, त्यसको कथा पनि हाम्रै जीवनसँग मेल खाने, मन छुने र साधारण होस् भन्ने चाहन्छु। मैले बनाउने फिल्ममा म सधैं फरक फरक भूमिकामा हुन्छु।

यहाँसम्म आइपुग्न मैले धेरै मेहनत गरेको छु। जीवनमा धेरै हन्डर पनि खाएँ। गल्तीहरूबाट सिक्दै यहाँसम्म आइपुगेको छु। अब मेरो इच्छा भनेको फिल्म निर्देशन गर्नु हो। यो सपनालाई म पूरा गरेरै छाड्छु। नानी बाबु हो, तिमीहरूले पनि सपना देख्न नछोड। हार नमान्नु, मेहनत गर्न नछाड्नु। तिमीहरूले आफ्नो सपना एकदिन अवश्य पूरा गर्नेछौ।

(कलाकार लामिछानेसँग सपना महर्जनले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.