दार्चुलामा नेपाल-भारत सीमा बैठक

दार्चुलामा नेपाल-भारत सीमा बैठक

दार्चुला :  चैत्र २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमा बैठक पीथौरागढमा सम्पन्न भएको छ। जिल्ला प्रशासन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको नेतृत्वमा दार्चुला र बैतडीका सुरक्षा निकायका प्रमुखहरु भारतको पिथौरागढमा आइतबार सम्पन्न बैठकमा सहभागी भएका थिए। 

चैत्र २८ गते हुने चुनावमा नेपाल-भारत सीमा २६ गतेबाट ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। उक्त बैठकमा यसअघि हुने विषयले छलफल गरिएपनि मुख्य रुपमा सदरमुकाम बङ्गाबगड पारी खोतिला पहिरो व्यवस्थापनको कुरालाई महत्वका साथ उठाइएको थियो।

यसअघिका सीमा समन्वय बैठकमा खोतिलामा आएको पहिरोले नेपाल-भारत दुवैतिर बाढीको जोखिम रहेकाले यस विषयमा विशेष रुपमा छलफल गरिएको प्रजिअ बिष्टले बताए। वर्षात अगावै उक्त स्थानमा रहेको पहिरोको बीच भागमा अड्किएको माटो ढुङ्गा व्यवस्थापन गर्न यसअघि नै विभिन्न समयमा दुवै देशका प्राविधिकले छलफल गरिसकेकाले व्यवस्थापन गर्न सहमत भएका छन्।

पहिरोको बीच भागमा ठूलो ढुङ्गा रहेकाले कुनै पनि बेला खसे महाकाली थुनिए दुवै देशलाई खतरा हुने भन्दै पहिरो हटाउन भारतलाई यसअघि धेरै पटक आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

सीमा क्षेत्रमा हुने चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्नका लागि समन्वय बैठक भएको हो। उक्त बैठकमा मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पति पदार्थ चोरी सिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागुपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने गरिने सन्दर्भमा छलफल भएको हो । 

यस्तै दार्चुलाको तर्फबाट सदरमुकाम बाङ्गाबगड पारीको खोतिला पहिरो नियन्त्रणका लागि यसअघि भएका सहमतिलाई कार्यान्वयमा तदारुकता दिनुपर्ने, मोटरेबल पुल निर्माण कार्य सञ्चालन सम्बन्धमा, सीमा क्षेत्रमा निर्माण कार्य गर्दा आपसी समन्वयन गर्ने, सीमामा सहज आवागमन, भारतीय मुद्रा सटही बिरामी लगायत बिशेष परिस्थितिमा भारतीय क्षेत्रमा बोक्न पाउने सम्बन्धमा समेत बैठकमा छलफल भएको थियो।

बैतडी जिल्लाको तर्फबाट भन्सारमा चेकजाँच र नेपालीले भारतमा पाउँदै आएको पेन्सनलाई सहज रुपमा प्राप्त गर्ने वातावरण सृजना गर्ने विषयमा मुख्यगरी छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। 

त्यसैगरी भारतका तर्फबाट लोकसभा समान्य निर्वाचन २०१९ मा ७२ घण्टा नेपाल-भारत सीमा नाका बन्द रहने, भारतको तर्फबाट दुवै देशको सिमामा हुने अपराध, अवैध वस्तुको व्यापार, मानव बेचविखन, अवैध सिकार, पारस्परिक सुरक्षा, जाली नोट प्रचलनमा रोक लगाउने, सीमा क्षेत्रमा आईएसआई क्रियाकलापसम्बन्धी छलफलमा उठाइएको र कैलाश मानसरोबर यात्राको समयमा सीमा नदी महाकालीमा अस्थाई काठे पुल निर्माण सम्बन्धी बुँदामा छलफल भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.