भारतीय लडाकु विमान दुर्घटना : पाइलटको उद्धार

भारतीय लडाकु विमान दुर्घटना : पाइलटको उद्धार

काठमाडौं : भारतीय वायु सेनाको लडाकु विमान दुर्घटनामा परेको छ। राजस्थानको दक्षिणी भूभाग सिरोहीमा दुर्घटनामा परेको लडाकु विमानका पाइलटलाई पनि सुरक्षित उद्दार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

इन्जिनमा समस्या आएको भन्दै पाइलटले रिपोर्ट गरेपछि उनलाई बिहान पौने १२ बजेतिर उद्दार गरिएको थियो। वर्ष २०१९ को तीन महिनामा भारतीय सेनाको लडाकु विमान दुर्घटनामा परेको यो नवौँपटक हो।

आइतबार वायुसेनाको मिग-२७ लडाकू विमान दुर्घटनामा परेको हो। 

वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ। जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग-२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

गत मार्च ८ मा पनि राजस्थानको बिकानेर इलाकामा मिग-२१ लडाकु विमान दुर्घटनाग्रस्त भएको थियो। 

रुसमा निर्मित मिग लडाकू विमानहरु एकपछि अर्को दुर्घटना हुने गरेका छन्। गत फेब्रुअरी १ मा पनि रुसमा निर्मित मिराज २००० लडाकू विमान पनि दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा दुबै पाइलटको ज्यान गएको थियो। 

यसैगरी गत फेब्रुअरी १२ मा राजस्थानको पोखरण क्षेत्र नजिक मिग-२७ लडाकु विमान दुर्घटनाग्रस्त भएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.