३३ केजी सुन तस्करीमा तानिएका श्रेष्ठ डेढ करोड धरौटी बुझाएर रिहा
काठमाडौं : गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा चलाइएका त्रिभुवन अन्तरराष्ट्रिय विमानास्थलका रेडयो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठसँग विशेष अदालतले एक करोड ५० लाख रुपैयाँ धरौटी रकम माग गरेको।
धरौटीबापत् बैंक ग्यारेन्टी राखेर श्रेष्ठ तारेखमा रहेका छन्। श्रेष्ठ ३३ केजी सुन तस्करी प्रकरणको छानविनमा तानिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि श्रेष्ठले पदीय दुरुपयोग गरी १४ करोड ६१ लाख १४ हजार रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको निश्कर्षसहित गत माघ १५ गते अदालतमा मुद्दा दायर गरेको थियो।
विशेषका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार श्रेष्ठले धरौटी बापत सेञ्चुरी बैंकलाई जमानत राखेर छुटेका छन्।