हावाहुरीको बितन्डा : बारा र पर्सामा २३ को मृत्यु (अपडेट)

हावाहुरीको बितन्डा : बारा र पर्सामा २३ को मृत्यु (अपडेट)

क्रान्ति शाह/दिवाकर भण्डारी 

पर्सा/बारा : आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारा र पर्सामा २३ जनाको ज्यान लिएको छ। दर्जनौ घाइतेको वीरगन्जका विभिन्न अस्पतालमा उपचार भइराखेको छ। 

बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ।  फेटा गाउँपालिका-१ र भर्वानीपुर गाउँपालिका-४ मा ठूलो क्षति भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए । 

केही मृतकका शव वीरगन्जका नारायणी, अस्पताल, मेडिकल कलेज र हेल्थ केयरमा राखिएको छ भने अन्य शवको अस्पताल लाने तयारी भइरहेको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए। बारामा मात्र २० जनाको मृत्यु भएको छ। पर्साका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार पर्सामा तीनजनाको मृत्यु भएको छ। 

हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। घाइतेको उद्धारका लागि सडक पन्छाउने काम भइरहेको उनले बताए।

घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको बाराका एसपी भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। 

प्रहरी निरीक्षक दत्तका अनुसार वीरगन्ज मेडिकल कलेजमा मात्र सय बढी घाइतेको उपचार भइरहेको छ। मेडिकल कलेजमा ल्याइएका सबै घाइते बाराको पर्वानीपुर गाउँपालिका-४ चैनपुरका हुन्। 

साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा घर भत्किएका छन्.। उद्धार कार्य जारी रहेको र रातको समयमा विभिन्न जटिलता आइपरेकाले मृतकको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.