लगानीका आकर्षण

लगानीका आकर्षण

आर्थिक समस्या समाधान गर्ने कडीका रूपमा अपेक्षा गरिएको लगानी सम्मेलन सकिएको छ। सरकारले अपेक्षा गरेअनुसारको ३० खर्बको प्रतिबद्धता नआए पनि नेपालको भौतिक पूर्वाधार र खर्च क्षमताअनुसारको लगानी प्रतिबद्धता सम्मेलनले देखाएको छ। सम्मेलनमा सरकारले ५० वटा आयोजनामा खर्च जुटाउने अपेक्षा गरे पनि ११ वटामा लगानीको प्रस्ताव पेस भएको छ। यसका लागि अहिलेको विनिमय दरअनुसार १२ खर्ब १२ अर्ब लाग्नेछ।

त्यसका अतिरिक्त पनि निजी क्षेत्र, सरकार र दातृ निकायका बीचमा १७ वटा आयोेजनामा लगानी गर्ने समझदारी भएको छ। यसका लागि पाँच खर्ब १३ अर्ब लाग्ने अनुमान पनि सार्वजनिक गरिएको छ। जे होस्, यसपटकको लगानी सम्मेलनले नेपालमा १७ खर्ब लगानीको प्रस्ताव अघि सारेको छ। लगानी सम्मेलनमा ११ वटा आयोजना सञ्चालन गर्न आवेदन परेको र १५ वटा आयोजनामा हस्ताक्षर भएको समाचार सार्वजनिक भएको छ।

लगानी सम्मेलनको मुख्य उद्देश्य लगानीकर्ताको मन जितेर विशेषतः वैदेशिक लगानी बढाउनु हो। लगानी सम्मेलन दुई वर्षअगाडि पनि भएको थियो। त्यसबेला सहभागी लगानीकर्ता देश, संस्था र व्यक्तिहरूले १४ खर्ब लगानी आउने प्रतिबद्धता जनाएका थिए। हामी पनि सोचेअनुसार लगानी आउने भयो भनेर मक्ख परेका थियौं, तर त्यो भएन। किन भएन भनेर आत्ममूल्यांकन नगरेकै अवस्थामा अर्को लगानी सम्मेलन भएको छ। यसपटकको सम्मेलनमा ४० देशका प्रतिनिधि, ७३५ जना पाहुना, ६ सयभन्दा बढी स्वदेशी र ३ सयभन्दा बढी विदेशी प्रतिनिधिले भाग लिएका थिए। यसैगरी ३ सयभन्दा बढी विदेशी र एक सयभन्दा बढी स्वदेशी कम्पनी पनि सम्मेलनमा सहभागी थिए।

नेपाललाई सन् २०२२ सम्ममा अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्नुपरेको छ भने सन् २०३० सम्ममा संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासको लक्ष्य भेट्टाउनु छ। यसका लागि दोहोरो अंकको विकास नगरी सम्भव छैन। त्यस अवधिभित्र त्यो लक्ष्य हासिल गर्न स्वदेशी पुँजी कुनै पनि हालतमा पर्याप्त हुँदैन। त्यसका लागि वैदेशिक लगानी अपरिहार्य छ। यसले पनि लगानी सम्मेलनको पुष्टि भएको छ।

सम्मेलनका उपलब्धि

सम्मेलन गर्नु र सम्मेलनमा सरकारले अपेक्षा गरेअनुसारका सम्भाव्य लगानीकर्ताको उपस्थिति गराउनु आफैंमा उपलब्धि हो। त्यसबाहेक (क) नेपालको विकासमा विदेशी लगानी अपरिहार्य छ भन्ने महसुस गराउनु, (ख) मुलुकको राजनीति आर्थिक मामिलामा केन्द्रित हुँदै गएको छ भन्ने संकेत गर्ने फोरम बनाउनुु, (ग) माथिल्लो तहको राजनीतिक नेतृत्वमा लगानी र समृद्धिबारे एउटै मञ्चमा छलफल हुन सक्नु, (घ) विपक्षी दलका प्रभावशाली नेतालाई पनि एउटै मञ्चमा ल्याएर विदेशीसामु वैदेशिक लगानीको आवश्यकता दर्शाउन लगाउनु।

आत्ममूल्यांकन

लगानी मायाले आउने वस्तु होइन। लगानीकर्ताहरू पुण्य आर्जन गर्न र दान दिन आउने होइनन्। लगानी भनेकै अहिले खर्च गरेर भोलि नाफा गर्ने व्यवसाय हो। लगानी कारोबार जहिलेसुकै पनि प्रतिस्पर्धामा घुमिरहेको हुन्छ। जुन ठाउँमा वा जुन आयोजनामा पुँजीको सुरक्षा र नाफाको निश्चितता हुन्छ, त्यहाँ लगानीको चक्र अडिन्छ। लगानी सम्मेलन समृद्धि प्राप्त गर्ने, समृद्धिलाई निरन्तरता दिने र राष्ट्रिय लक्ष्य पूरा गर्ने महŒवपूर्ण औजार हो तापनि त्यो औजार अहिलेको दुनियाँमा भुत्ते छैन। औजारले आफू प्रयोग हुने ठाउँ, वातावरण, आवश्यकता अवश्य हेर्दछ। त्यति मात्र नभएर आफू प्रयोग भएपछि आफ्ना मालिक (लगानीकर्ता) ले घर लान पाउँछन् कि पाउँदैनन्, आफ्नो फैलावट वा संकुचन (अधिमूल्यन÷अवमूल्यन) कस्तो हुन्छ, सबै हेर्छ।

 लगानी आकर्षणका सूत्रहरू

(क) सुरक्षा : सुरक्षा भन्नाले लगानी आयोजनाको सुरक्षा र त्यसबाट आर्जन हुने नाफा÷ब्याजको सुरक्षालाई बुझाउँछ। आयोजनाको सुरक्षा देशको राजनीतिक स्थायित्व, सरकारमा संलग्न दलहरूको विकास आदिमा भर पर्छ। अहिले सुरक्षा चुनौतीमा देखिएको विषय विप्लव माओवादीको चरित्र, विपक्षी दलको सहभागिता, लगानीकर्ताले अपेक्षा गरेअनुसारको ऐन–कानुन तर्जुमा र सरकारले पूर्वाधार निर्माणमा निश्चितता प्रदान गरेका बिजुली, सडक आदिको निर्माण नहुनु हो।

(ख) एकद्वार प्रणाली

प्रशासनिक सरलता वैदेशिक लगानी आकर्षणको अर्को भ¥याङ हो। अतिरिक्त आर्थिक लाभ नभई कर्मचारीले काम गर्दैनन् भन्ने सन्देश विश्वव्यापी भएको छ। मेलम्ची आयोजना पूरा हुुन नसक्नुमा करोडौंले नपुगेर अर्बौं घूस खान खोजेको विषय स्वयं ठेकेदार कम्पनीबाट बाहिर आउँदा पनि कसैलाई जिम्मेवार देखाउन नसक्नु, कारबाही नहुनुजस्ता कुराले सम्भाव्य लगानीकर्ता त्रसित नहुने कुरै हुँदैन। त्यसबाहेक एउटा मन्त्रालयमा लाइसेन्स लिन र अर्को मन्त्रालयमा पूर्वाधार निर्माण गराउन धाउनुपर्ने परिस्थितिलाई लगानीकर्ताले नजिकैबाट नियालिरहेका हुन्छन्। ती सबैलाई एउटै छानामुनि राख्न नसक्नु हाम्रो कमजोरी हो।

(ग) व्यवसाय र राजनीति नछुट्टिनु

राजनीतिक संरक्षण नपाए व्यवसाय फस्टाउन गाह्रो हुन्छ भने व्यवसायीको आर्थिक सहयोगविना राजनीति दरह्रो बन्दैन तापनि सम्पन्न देशहरूमा दृश्यरूपमा रजनीति र व्यवसाय छुट्टिन्छ तर विकासोन्मुख देशहरूमा व्यवसायीहरूले नै राजनीति र राजनीतिक नेताहरूले नै व्यवसाय गरिरहने भएकाले राजनीति र व्यवसाय छुट्याउन कठिन हुन्छ। नेपालमा त यसका उदाहरण अनन्त छन्। पार्टी र व्यक्तिले सँगसँगै राजनीति गरेका छन्। अस्पताल, बैंक, कलेज, होटेलजस्ता व्यवसाय पनि सँगै चलाएका छन्। यस्तो अवस्थामा शुद्ध मनले लगानी गर्नेहरूलाई आकर्षित गर्न सकिँदैन। आएकै लगानीकर्ता पनि सहयोगका विभिन्न खोल ओढेर आएका हुन्छन्।

००लगानीकर्ताका लागि अनुकूल पक्षहरू

नेपाल प्राकृतिक वातावरण र जैविक विविधताको दृष्टिले समृद्ध मुलुकमध्येमा पर्छ। औसत ८५० किमि लम्बाइ र २ सय किमि चौडाइको देश भए पनि संसारका अग्ला हिमाल, प्रचुर पानी, ८ सयभन्दा बढी किसिमका चराचुरुंगी, पुतली, समुद्र सतहबाट २०–२५ मिटर मात्र उचाइको भूभाग, विविधतालाई प्रदर्शन गराउने जनावर नेपालका प्राकृतिक सम्पन्नताका नमूुना हुन्। २ सय किमिको चौडाइभित्र शीत, उष्ण, शीतोष्ण सबै किसिमको हावापानी÷मौसम र मौसमअनुसारका जीवजन्तु, रूखबिरुवा, घाँस, फल प्राकृतिक सम्पत्ति हुन्। धेरै किसिमका वनस्पति र वनौषधीको स्रोत हुनुका साथै लागत नभएका अमूल्य जडिबुटीको देश पनि हो। पानी, हिउँ, हावाको प्रयोग जति गरे पनि हुने देश हो। भएका सम्पत्तिको प्रयोग र उपयोगमा मात्र ध्यान दिन सकेमा पनि नेपालमा विकास गर्न र समृद्ध नेपाल र सुखी नेपाली बनाउन अरू तिकडम गर्न आवश्यक हँुदैन।

अन्त्यमा, लगानी सम्मेलनपछि पनि सम्भाव्य लगानीकर्ताहरूले सरकारको बोलाइ र गराइबीचको परिदृश्यलाई नजिकैबाट हेरिरहेका हुन्छन्। यसअघिका सम्मेलनमा गरिएका वाचा पूरा भए÷नभएको पनि सूक्ष्म विश्लेषण गर्ने भएकाले सम्मेलन गर्न मात्र हौसने गर्दा ‘हात लाग्यो फुस्सा’ मात्र नभई धेरैपटक बाघ आउँछ भनेर झुक्याउने जम्बुमन्त्रीले जस्तै अविश्वासीको दर्जामा परिणत भई ठूलै मूल्य चुकाउन नपर्नेतर्फ पनि सोच्न जरुरी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.