नागरिक संस्कारमा भ्रष्टचारको बीउ
भ्रष्टाचार भन्नाले भ्रष्ट आचरण, बिग्रिएको स्वभाव र नराम्रो बानीका कारण भएको व्यवहार भन्ने बूझिन्छ। भ्रष्टाचारी भन्नाले नाजायज तरिकाले आर्थिक आर्जन गर्ने मानिस भन्ने बूझेका छौं। भ्रष्टाचारीको ठूलो पहिचान भनेको ऊ घूसखोर हो भन्ने बूझेका छौं। त्यसो त समाजको सोचाइ स्तर पनि समयक्रम र शिक्षा स्तरसँगै परिष्कृत र उन्नत बन्दै जाने नै छ।
आर्थिक विकासको ठूलो बाधक भ्रष्टाचार हो भन्ने मान्यता छ, यद्यपि नेपालको विकास नहूनूको कारण भ्रष्टाचार मात्र होइन भन्ने मान्यता पनि बलियो छ। पछिल्लो मान्यताले घूसखोरी मात्र भ्रष्टाचार हो भन्ने बूझाइलाई बल दिन्छ। अख्तियार पाएर काम नगर्ने आचरण, समयमा जिम्मेवारी पूरा नगर्ने आचरण, पाएको अधिकार प्रयोग गर्ने तर कर्तव्य पूरा नगर्ने आचरण, पाएको जिम्मेवारीमा कूशलतापूर्वक काम नगर्ने आचरण, क्षमताभन्दा बाहिरको राजकीय जिम्मेवारी लिने र काम नगर्ने आचरण सबैलाई भ्रष्टाचारको मापदण्ड बनाउने हो भने नेपालको पछौटेपनको प्रमूख कारण नै भ्रष्टाचार हो।
१. भ्रष्टाचारको ऐतिहासिक पृष्ठभूमि
भ्रष्टाचारको प्रमूख पक्ष घूसका सन्दर्भमा ‘घूस लिन्या र दिन्या दूवै राष्ट्रका शत्रू हून्’ भन्ने उद्गार ऐतिहासिक छ। साँचो अर्थमा राष्ट्रपिता भन्न सकिने पृथ्वीनारायण शाहको यो उद्गारले अहिले पनि मूलतः चारवटा विषय उजागर गरिरहेको छ। पहिलो– आज मात्र होइन पृथ्वीनारायणका पालामा समेत आफ्नो हैसियतअनूसार घूस लिने र दिने चलन रहेछ। त्यसैले यो समस्या अर्थतन्त्रको नवीन समस्या होइन। दोस्रो– घूस लिने दिने प्रचलनले राष्ट्रका लागि हानि पूराउँछ र पू¥याइरहेको छ, त्यसैले त दूवैलाई राष्ट्रका शत्रूका रूपमा दर्ज गरिएका थिए। तेस्रो– एउटा हातले ताली बज्दैन भने जस्तै घूस दिनेले नदिए लिनेले लिनै सक्दैन। घूस लिनेजत्तिकै घूस दिने पनि जिम्मेवार छन्। चौथो– घूस दिने र लिने दूवैको आर्थिक फाइदाको स्वार्थ मिलेर नै लेनदेन गरिन्छ। यसो गर्दा विभिन्न हिसाबले राष्ट्रलाई घाटा पू¥याई दूवै पक्षले व्यक्तिगत लाभ लिने गरी काम सम्पन्न गरेका हून्छन् त्यसैले घूस लिने र दिने दूवै कडा कारबाहीका भागीदार हून्छन्।
भ्रष्टाचारका अन्य पक्ष पनि छन्। आफ्नो अधिकारको दूरुपयोग भएको वा गरेको अनूसन्धान गरेर कारबाही गर्ने निकायले पनि घूसका सानातिना घटनामा मात्र केन्द्रित भएर बहादूरीको अनूभूति गरिरहेको देखिन्छ। उदेकलाग्दो त के छ भने घूस काण्डमा यसका आयूक्त नै संलग्न हँूदासमेत कानुन अभावको बहानामा यो निकाय नै रमिते बनेको छ। स्मरण रहोस्, यस्तो घटना पहिलोपटक भएको होइन, बरु प्रवृत्तिका रूपमा पटकपटक उजागर भइरहेका छन्। तर हामी जनता निरीह बनेर यो प्रवृत्तिको साक्षी बस्नूबाहेक केही गर्न सकिएको छैन।
२. भ्रष्टाचार वर्गीय छ
नेपालको सन्दर्भमा तल्लो वर्गभन्दा माथिल्लो वर्ग भ्रष्टाचारको आधार बनेको देखिन्छ। पञ्चायतकालमा दरबारका विभिन्न मानिस नै भ्रष्टाचारका विभिन्न काण्डमा मूछिए। बहूदलमा त यो क्रम बढेर राजदूतहरू, सचिव, मूख्यसचिव, प्रहरीका प्रमूखहरू, अख्तियार आयूक्त र प्रमूख, मन्त्रीहरू भ्रष्टाचारी नै प्रमाणित भए केही प्रधानमन्त्रीले समेत उनीहरूका आफन्तमार्फत पैसा र अवैध व्यापारमार्फत पैसा असूले भन्ने सूनिँदै आएको छ। तल्लो वर्गले त यसमा संलग्न हूने हैसियत नै राख्दैन। देशमा घूसखोरी र भ्रष्टाचारका जेजति काण्ड भए, अपवादबाहेक माथिल्लो र हैसियत भएको वर्गबाट नै भएका छन्। यो विडम्बना हो। निर्धक्क भन्न सकिन्छ– यो देश बिगारेको केही अपवादबाहेक माथिल्लो वर्गले नै हो, तल्लो वर्गले होइन। तर देश बिग्रँदाको फाइदा धमिलो पानीमा माछा मार्न सिपालू माथिल्लो वर्गले लिन्छ र अप्ठेरो जति तल्लो वर्गले बेहोर्छ। अतः नेपालको उपल्लो वर्ग नै भ्रष्टाचारको जग हो भन्ने अवस्था छ।
३. नीतिगत भ्रष्टाचार
आफूलाई पायक पर्ने नियम, कानुन र नीति बनाई आर्थिक फाइदा उठाउने मानिसको ठूलो जमात छ। पञ्चायतकालमा दरबारनिकटका मानिसले यसो गर्दथे भने लोकतन्त्रमा दलका प्रमूख नेतानिकटका मानिसले गरिरहेका हून्छन् सामान्यतः। घरानिया भनाउँदा व्यापारीको सीमित संख्याले सधैं यही अवसरको खोजी गरिरहेको हून्छ। सबै पार्टीसँग उत्तिकै सम्बन्ध राख्न सिपालू केही उच्च पदस्थ कर्मचारीले यही बाटो समातेर अवसर लिइरहेका हून्छन्। कतिपय सन्दर्भमा नियम, कानुन र नीतिका प्वाल वा कमजोरीलाई प्रयोग गरेर समेत यस खालका भ्रष्टाचार हूने गरेका छन्। भ्रष्टाचार त हो तर कारबाही गर्ने कानुन नै छैन भन्ने तहसम्मको हर्कत यसरी गरिन्छ। नेपालको अख्तियार दूरुपयोग आयोगले गरेका कतिपय कामले समेत यसको झझल्को दिएका छन्। कतिपय सन्दर्भमा यस्तो नीति बन्दैछ भनेर नीति परिपक्क नहुँदै सेवाग्राहीबाट आर्थिक फाइदा लिने उद्देश्यले वा कसैलाई फाइदा पू¥याउने उद्देश्यले नीति बनाएर भ्रष्टाचार गर्ने प्रचलन छ। धेरै अर्धविकसित देशमा यो खालको भ्रष्टाचारको बारेमा खासै चर्चासमेत हूँदैन। यस्तो भ्रष्टाचार गर्नेको छिटो वर्ग रूपान्तरण भएको छ, हून्छ।
४. संस्कारमै समस्या
हाम्रो संस्कार स्वंय पनि भ्रष्टाचारको जग बनेको छ। हामीले असलभन्दा सफलको गूणगान गाउँछौं। सफलता नाप्ने मापदण्ड कति आर्जन गयो भन्ने नै छ। व्यक्तिको आफूले आर्जन गरेको सम्पत्ति, पुख्र्यौली सम्पत्ति, ससूराली र मावलीबाट पाएको सम्पत्ति आदिले उसको इज्जत र प्रतिष्ठा बढेको ठान्छौं। सकेसम्म धनी परिवारसँग नाता र सम्बन्ध गाँस्न चाहन्छौं। गरिब प्राज्ञिक वा बौद्धिक व्यक्तिभन्दा मूर्ख धनीको इज्जत बढी ठहरिन्छ। बदमासी नै नगरी मूर्ख कसरी धनी भयो भन्नेबारेमा हामीले कहिल्यै सोच्दैनांै। यी कारणले पनि भ्रष्टले प्र श्रय पाइरहेका हून्छन्। त्यसैले भ्रष्टाचारीलाई जेल र राज्यले दिने अन्य सजायबाट भ्रष्टाचार केही कम गर्न सकिएला, तर हामी नागरिकले यो संस्कार नसूधारेसम्म भ्रष्टाचारको निर्मूल सम्भव छैन।
५. विधि नअपनाउँदा पनि भ्रष्टाचार बढ्छ
अरू विकसित देशको दाँजोमा हामीले कूनै पनि काम गर्दा त्यसमा अपनाउने प्रक्रिया र विधिभन्दा परिणामलाई बढी प्राथमिकतामा राख्ने परम्परा बसाल्यौं। खूकूलो परीक्षा प्रणालीबाट लाभ उठाएर राम्रो अंक ल्याएर पास गर्ने विद्यार्थी जति सिक्यो त्यति व्यवहारमा ल्याउन सक्ने विद्यार्थीभन्दा राम्रो ठहरियो भलै त्यो राम्रो अंक ल्याउने विद्यार्थीले पास गरिसकेपछि समाजलाई के योगदान दियो भन्ने हेरिएन। हामीले निजामती कर्मचारी छान्ने विधिले पनि व्यावहारिक विद्यार्थीभन्दा घोकन्ते विद्यार्थीलाई सेवामा भिœयाउँछ, भिœयाइरहेको छ। यसले गर्दा त्यहाँभित्र पनि प्रवृत्तिगत रूपमा क्रियाशीलतामा रचनात्मकताभन्दा कूरै लडाएर बस्ने अवसर खोज्ने प्रवृत्ति हाबी छ, अपवादबाहेक।
सामान्य बाटो काट्दा होस् वा निर्माणका काम गर्दा, प्रक्रियाभन्दा परिणाम छिटो नजरमा पर्छ। जति धेरै मानिसलाई धकेल्दै जेब्राक्रस ग¥यो, उति छिटो पूगेकोमा गर्व गर्छौं। ट्राफिक बत्ती यसै पनि काठमाडौंमै कम छन्। जति धेरै रातो बत्तीमा बाइक कूदायो उति छिटो पूगिन्छ भन्ने छ। हतारभन्दा पनि अधैर्य देखिन्छ। निर्माणका काम गर्दा बाटो जति अवरोध गर्न सक्यो केही खर्च बच्छ अनि हामी त्यसै गरिरहेका हून्छौं। यी सबै काम गरिरहँदा हामीले आमरूपमा कहीं न कहीं आफ्नो स्वार्थका लागि नियम मिचिरहेका हून्छौं। अर्थात् थोरै–धेरै भ्रष्टाचार गरिरहेका हून्छौं।
६. अनूगमनको प्रावधान नहूँदा भ्रष्टलाई सजिलो
नीति कूनै पनि काम गर्न मार्गदर्शक सिद्धान्त हो। उचित कार्यान्वयन भयो भने मात्र नीतिको अर्थ रहन्छ। अधिकांश विकासशील देशको समस्या के हो भने नीति बन्ने प्रक्रिया व्यावहारिक र पारदर्शी हूँदैनन्। राम्रा नीतिहरू बने भने पनि कार्यान्वयन हूँदैनन्, कार्यान्वयन भए भने पनि उचित तरिकाले नहूने समस्या बढी हून्छन्। नीतिहरूको अनूचित तरिकाले कार्यान्वयन नहूने समस्या पनि भ्रष्टाचार नै हो। कार्यान्वयनका चरणमा देखिने लापरबाही, ढिलासूस्ती, आर्थिक अनियमितता आदिको नियन्त्रण गर्ने नियमन निकायको अभाव छ। त्यसैले पनि भ्रष्टाचार बढ्न सहज बनेको छ।
७. यो निर्वाचन प्रणाली नै भ्रष्टाचारको जग हो
भनिन्छ– एक्काइसौं शताब्दी लोकतन्त्र र गणतन्त्रकै शताब्दी हो। तर यसको एउटा कठिन सर्त छ। त्यो भनेको दलहरू परिपक्क हूनूपर्छ र निर्वाचन प्रणाली उन्नत एवं पारदर्शी हूनूपर्छ। हाम्रा दलहरू परिपक्क हूने प्रक्रियामै छन्। यो प्रक्रियालाई तीव्रता दिन पनि हामीले अहिलेको निर्वाचनका अभ्यासलाई परिष्कृत गर्दै लैजानू आवश्यक छ। निर्वाचनको अभ्यास नै भ्रष्टाचारलाई प्र श्रय दिने खालको छ। कतिपय सन्दर्भमा ठूलो खर्च गरेर मात्र चूनावमा उम्मेदवार बन्ने, अनि विजयी बन्न ठूलो खर्च गर्नैपर्ने बाध्यता छ। निर्वाचनमा परिचालित बन्न कार्यकर्ताले खर्च खोज्ने अनि निर्वाचन जितेपछि नेताले त्यो खर्च कार्यकर्ताको स्वार्थअनूरूपको काम गरेर उठाउनूपर्ने भएपछि भ्रष्टाचार कसरी नियन्त्रण हून्छ ? त्यसैले निर्वाचन प्रणाली र हामीले गरेको अभ्यास पनि भ्रष्टाचारको ठूलो जग र कारण हो।