आन्तरिक राजस्वका नासु घुससहित पक्राउ
काठमाडौं : आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सविन सुवेदी घुससहित पक्राउ परेका छन्। स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न पश्चात नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुसलिदै गर्दा उनी पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज नायब सुब्बा सबिन सुवेदीलाई सेवाग्राहीसँग १५ हजार घुसबापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।