अकल्पनीय विपत्तिको पाठ

अकल्पनीय विपत्तिको पाठ

तीव्र गतिको हावा–हुरी, तुफानी झरी, भुमरीयुक्त हुन्डरीले बारा–पर्सामा अत्यासलाग्दो र अकल्पनीय दुःखदायी घटना निम्त्याएको छ। आइतबार बेलुकी आएको शक्तिशाली हुन्डरीले बारा–पर्साको जनजीवन तहसनहस भएको छ। यो विपत्तिले २७ जनाको ज्यान लिनुका साथै ठूलो संख्यामा घाइते भएका छन्। घरवास उडाउनु र भत्काउनुका अतिरिक्त अन्नपात नष्ट पारेको छ। प्रभावित गाउ“हरूमा विद्युत् आपूर्ति क्षत्विक्षत् भएका छन्।

ठूलो क्षतिका कारण ती क्षेत्रका वासिन्दा त्रस्त–स्तब्ध बनेका छन्। पक्की घर नै तहसनहस पार्ने, ट्रक पल्टाउने शक्तिशाली तुफानी भुमरीको घटना यसअघि देखिएको थिएन। विपत्तिमा परेका गाउँमा उद्धार सुरु भएको छ, तर पर्याप्त देखिन्न। विपद्मा परेकाको तत्काल सेल्टरका लागि प्रयोग गर्न सकिने सामूहिक आवासको समेत अभाव देखिन्छ। विद्यालयहरूमा क्षति पुगेको हु“दा सामूहिक वासको समेत अभाव हुन गएको छ। अब दुःखदायी घटनाबाट पीडित नागरिकको उद्धार र राहतका निम्ति कुनै कन्जुस्याइँ गर्नु हुन्न।

घटनाको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्रको निरीक्षण र पीडित परिवारस“गको भेटघाट गर्नुका अतिरिक्त स्थानीय प्रशासनलाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएका छन्। प्रधानमन्त्रीको निर्देशन यथार्थमै उत्रेर कार्यान्वयन हुनुपर्छ। हामीकहा“ पीडितको उद्धारमा सक्रियता देखाए पनि तिनको पुनस्र्थापना गर्ने मामलामा गम्भीरता प्रदर्शन गरिन्न। भूकम्पपीडितहरू लामो समयसम्म पुनस्र्थापित नभएको दृश्य त्यसको उदाहरण हो।

घटनालगत्तै पीडित उद्धारमा सुरक्षाकर्मी र स्थानीय वासिन्दाले सक्रियता देखाएका छन्। केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले समन्वयमा रहेर पीडितको उद्धार र बसोवास व्यवस्था मिलाउने विषयमा प्राथमिकता दिनुपर्छ। प्रदेश सरकारले मृतकका परिवारलाई तीन लाख आर्थिक सहयोग र घाइतेको उपचार गर्ने निर्णय लिएको छ। यसले प्रभावित परिवारलाई केही हदसम्म भए पनि राहत मिल्नेछ। छिट्टै वर्षायाम आउ“दैछ, उनीहरूको पुनर्वासमा सक्रियता प्रदर्शन हुनुपर्छ। त्यसका अतिरिक्त प्रभावित क्षेत्रका वासिन्दालाई राहत निम्ति सहयोग गर्ने घोषणा हु“दैछन्। विपत्ति पीडितलाई राहत पुर्‍याउनु सबैको कर्तव्य हो।

आ“धीबेहरीका कारण ३१ वर्षअघि दशरथ रंगशालाभित्रै ७० जनाको ज्यान गएको थियो। त्यतिखेर त्यसरी विपत्ति निम्तिनुमा समयमै रंगशालाको ढोका नखोलिनु थियो। फुटबल हेर्न ठूलो संख्यामा दर्शकहरू रंगशालामा भरिएका थिए। अत्यासलाग्दो आ“धीबेहरीबाट अत्तालिन पुगेका दर्शकहरू बच्न एकैचोटि बाहिरिन खोज्ने क्रममा दुःखदायी घटना निम्तिएको थियो। त्यसयता आइतबार बेलुकी बारा–पर्सामा हावा–हुरी र आ“धीले जन–धनको ठूलो क्षति पुर्‍याएको छ।

भारतले सीमावर्ती क्षेत्रमा आफ्ना नागरिकलाई हुन्डरी आउन सक्ने सूचना दिएको थियो। तर हामीकहाँ मौसम पूर्वानुमान महाशाखालाई सामान्य जानकारी पनि रहेन। उसले यस्ता भुमरी–हुन्डरी अनुमान गर्ने प्रविधि नभएको तर्क दिइरहेको छ। सरकारस“ग हावा–हुरी–हुन्डरीको पूर्वानुमान गर्ने प्रविधि र संयन्त्र नहुनु दुःखदायी पक्ष हो। राज्यस“ग हरेक किसिमका विपत्ति प्रक्षेपण गर्ने विधि र प्रविधि हुनुपर्छ।

पहिला यस्ता प्रकृतिका विपत्ति पूर्वानुमान गर्न सकिएको खण्डमा क्षति न्यूनीकरण गर्न सकिन्छ। राज्यले सम्भावित विपत्तिको पूर्वानुमान गर्ने संयन्त्र स्थापित गर्नुपर्छ। यो विपत्तिले निम्त्याएको पाठ हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.