शहर सुधार्न ढाकालाई १० करोड डलर

शहर सुधार्न ढाकालाई १० करोड डलर

ढाका : बंगलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको आयोजना स्वीकृत गरेको छ। ढाका साउथ सिटी कर्पोरेशनअन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि ल्याइएको उक्त आयोजनाबाट करिब १० लाख नागरिकले प्रत्यक्ष लाभ लिनेछन्। ‘ढाका सीटी नेइभरहुड अपग्रेडिङ आयोजना’ ले राजधानी र चार छिमेकी शहरी क्षेत्रमा पार्क, खेल मैदान, खुला स्थान, तटीय क्षेत्र, सडक, फुटपाथ र सार्वजनिक भवन साथै सामुदायिक केन्द्रमा सबै प्रकारका शहरी सुविधा बिस्तार गरिने जनाएको छ।

वासिङटनस्थित दातृ संस्थाले सोमबार आयोजना स्वीकृत भएको जानकारी दिँदै भनेको छ, ‘आयोजनाले प्राकृतिक जीवन जीउन वञ्चित रहँदै आएका विशेष गरी महिला, युवा, वृद्धवृद्धा र अपांगलाई सहजरूपमा सार्वजनिक सुविधाको अभाव हुन नदिने गरी कार्यक्रम अघि बढाइनेछ।’

बंगलादेशका लागि राजधानी ढाका महत्वपूर्ण आर्थिक केन्द्र हो। विश्व बंैकका बंगलादेश तथा भूटानका लागि निर्देशक रोबर्ट साउमले भने, ‘बंगलादेशको पाँच भागको एक हिस्सा कुल गार्हस्थ उत्पादन राजधानी ढाकामा निर्भर रहन्छ भने यहाँको औपचारिक रोजगारीको झण्डै आधा जनशक्ति यहाँ छ।’

सन् १९८० मा तीस लाख जनसंख्या रहेको ढाका जसलाई अहिले १ करोड ८० लाख जनसंख्या रहेको छ। तर यसका प्राय आधारभूत संरचना दशकौँ पुरानो अवस्थामा छन्।

विश्वव्यापी अनुभवले समृद्ध जीवनशैलीका लागि नगर क्षेत्रका स्थानमा समायोचित सुधार हुनु जरुरी भएको देखाउँछन्। आयोजनाले ढाका र वरपरका बासिन्दालाई आधुनिक जीवनका लागि आवश्यक वातावरण निर्माण गर्ने विश्वास लिइएको छ। आयोजनाले शहरमा हरियाली तथा खुला स्थानको निर्माण गर्ने र बगैँचा, सडक र तटीय क्षेत्रमा सुधारको प्रत्याभूत गराउने उल्लेख छ। बहुउद्देश्यीय सामुदायिक केन्द्रहरूको निर्माणले वातावरणमैत्री विशेषता र ऊर्जामैत्री पुराना तथा नया मूल्यमान्यता जोगाउँदै अघि बढ्ने उनले बताए। सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.