खाद्य अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
काठमाडौं : खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगंज, बाँकेका प्रमुख विनोदकुमार श्रीवास्तवले मुद्दा दायर भएको छ।
भन्सारबाट आयात हुने चामललगायत अन्य सामानको कानुनबमोजिमको चेकजाँच दस्तुर बुझाए पनि प्रज्ञापनपत्र बनाइदिने नाममा घुस लिएका अधिकृत विरुद्ध अख्तियारले विशेष अदालमा मुद्दा दायर गरेको हो।
उनले भन्सार चेक एवं गुणस्तर ल्याव परीक्षण लगायतको काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको विषयमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो।
उनलाई अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेको टोलीले नियन्त्रणमा लिएको थियो। अख्तियारको टोलीले उनलाई ३५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।