सहकारीका नाममा हुने ठगी नियन्त्रण गर्न सचेत हुनुस् : प्रधानमन्त्री

सहकारीका नाममा हुने ठगी नियन्त्रण गर्न सचेत हुनुस् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि, उद्योग र पर्यटनमा लगानी गर्न सहकारीलाई आग्रह गरेका छन्। ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्रीले कृषि लगायत क्षेत्रमा लगानी गरी कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग गर्न सहकारीलाई आग्रह गरेका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी विकास बोर्डको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सहकारीमार्फत सामूहिक खेती गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सहकारीमार्फत सञ्चालन गरिने उनले बताए।

सहकारीमार्फत एकै प्रकारको उत्पादन गर्न सके द्रुत गतिमा आर्थिक विकास गर्न सकिने उनको भनाइ छ। छोटो समयमा तीब्र विकास गर्नुको विकल्प नरहेको उनले बताए। विदेशी पुँजी र प्रविधि ल्याएर देशको विकास गरिने उनले बताए।

सहकारीका नाममा ठगी मौलाउन नदिन सहकारीका नेतृत्व चनाखो हुनुपर्ने उनले बताए। ‘सहकारीको नाममा ठगी मौलाउन दिनुहुन्न,’ उनले भने, ‘ठगी रोक्न सहकारीका अगुवा सचेत हुनुहोस्।’

समृद्ध नेपाल, सुखी नेपालीको अभियान सहकारीमार्फत सार्थक हुने प्रधानमन्त्री ओलीले विश्वास छ। सहकारीले प्रविधि भित्र्याएर प्रतिष्पर्धी बन्न सक्नुपर्ने बताए। बजार उपलब्ध गराउनका लागि सहकारीले पर्याप्त मात्रामा उत्पादन गर्नुको विकल्प नभएको उनले बताए। ‘उत्पादन बिक्री भएन भनेर सडकमा फाल्ने, पोख्ने काम नगर्नुहोस्,’ उनले भने, ‘वैकल्पीक उत्पादन गरेर पनि बिक्री गर्न सकिन्छ।’

कृषि बजार व्यवस्थित गर्न सरकार लागिपरेको उनको भनाइ छ। दुई वर्षभित्र सबै ठाउँमा कृषि बजार व्यवस्थापन गरिसक्ने प्रधानमन्त्री ओलीले दाबी गरे। सहकारीले उत्पादन बढाए प्रशोधन केन्द्र र बजारीकरणका लागि सजिलो हुने उनको भनाइ छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राज्य र सहकारी सँगै मिलेर देश विकासमा लाग्ने बताइन्। सहकारीले व्यवसायिकता र गुणात्मक विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

सहकारीको संख्या धेरै भएकाले गुणस्तरीय सेवाका लागि मर्जर अभियान थालिने मन्त्री अर्यालको भनाइ छ। ३४ हजार पाँच सय १२ सहकारीलाई पाँच वर्षभित्र ५० प्रतिशतमा झार्ने योजना रहेको उनको भनाइ छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सहकारीले विभिन्न बाहना बनाएर उत्पादनमा जान नसकेको बताए। ‘सहकारीलाई उत्पादनमा जान कुनै पनि कानुनले छेक्दैन’ उनले भने, ‘विभिन्न ऐनको बहाना भनाएर भ्रममा नबस्नुहोस् ।’

मन्त्रालयले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठक, पत्रकार यादव हुमागाई र मुना कुवँरलाई पुरस्कृत गरेको छ। सात प्रदेशका उत्कृष्ट सात सहकारीलाई पनि पुरस्कृत गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.