एसईई प्रश्नपत्र प्रकरणको अनुसन्धानमा अख्तियार

एसईई प्रश्नपत्र प्रकरणको अनुसन्धानमा अख्तियार

काठमाडौं :  प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको छ।

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले  एसईईको प्रश्नपत्र आउट विषयमा नजिकबाट हेरिरहेको बताए। 

सरकारले केन्द्रीय अनुसन्धान ब्युरोलाई सरकारले एसईईको अनुसन्धानको जिम्मा लिएको छ। सीआईबीले अनुसन्धान गर्ने जिम्मा दिएपनि अख्तियार पनि त्यसमा प्रवेश गर्ने प्रमुख आयुक्त घिमिरेले बताए। 

मंगलबार संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले सोधेका प्रश्नको उत्तर दिँदै उनले वाइडबडी जहाज खरिदमा भएको भ्रष्चाटारका बयान लिने काम भइहरेको बताए । उनले  संचालक समितिका पदाधिकारी र सदस्यहरु बयान लिने काम धमाधम भइरहेको बताए।  

पाँच विदेशी कम्पनीलाई बयानको लागि बोलाउन सार्वजनिक सूचना जारी गरेको उनको भनाइ छ। बैठकमा सांसद्‍ले वाइडीवडी काण्ड, एनसेल फोरजी, सार्वजनिक जग्गा अतिक्रमणलगायतका विषयमा अख्तियारले गरेको कामका विषयमा प्रश्न गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.