सहकारीबाट जीवनस्तर उकास्न मन्त्री अर्यालको आह्वान

सहकारीबाट जीवनस्तर उकास्न मन्त्री अर्यालको आह्वान

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न नसकेको बताएकी छन् ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला सहकारी संघ, कास्कुन लगायतको संयुक्त रुपमा आयोजनामा गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सदस्यको जीवनस्तर सुधार गर्न सहकारीलाई निर्देशनसमेत दिएकी छिन् । उनले सहकारीमा आवद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गरिन् ।

सहकारीमार्फत देश निर्माण गरिने पनि मन्त्रीको भनाइ छ । ‘सहकारीमार्फत हामीले सदस्यको जीवनस्तर सुधार्ने हो तपाईँहरु त्यसतर्फ लाग्नुस्’, मन्त्री अर्यालले भनिन्, ‘सहकारीमा आवद्ध सदस्यलाई सीपमुलक तालिम दिएर व्यवसायिक बनाउनुस् । उनीहरूलाई उत्पादनमा वृद्धि गर्ने कार्यमा लगाउनुस् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.