स्वर्ण विजेता अजितलाई गृहनगरमा भव्य स्वागत

स्वर्ण विजेता अजितलाई गृहनगरमा भव्य स्वागत

राजविराज : हङकङमा सम्पन्न तेस्रो युथ एसियन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण विजेता अजितकुमार यादवलाई गृहनगरमा भव्य स्वागत गरिएको छ।

राजविराज नगरपालिकाले अजितलाई भव्य स्वागत गर्दै एक लाख एक हजार रुपैयाँबाट सम्मान गरेको छ।

नगरपालिकाले परिवारसहितलाई राखेर बाजागाजासाथ नगर परिक्रमासमेत गराएको थियो। अजितलाई स्वागत गर्न राजविराज १२ र १३ विषहरियाका गाउँलेहरू उल्लेख्य संख्यामा भेला भएका थिए।

नगरपालिकामा आयोजित सम्मान कार्यक्रममा अजितलाई नगर प्रमुख शम्भुप्रसाद यादवले आफ्नो एक महिनाको तलबबराबरको ३५ हजार रुपैयाँसमेत प्रदान गरे।

यसैगरी राजविराज नगरपालिका १२ वडाका अध्यक्ष हरिहर यादवले १५ हजार र छिन्नमस्ता गाविसका सत्यनारायण यादवले पाँच हजार रुपैयाँ प्रदान गरे। यस्तै तिलाठी कोइलाडी गाउँपालिकाले नगद ५१ हजार र राजविराज नगरपालिका १२ नम्बर वडा कार्यालयले १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।

अजितले सम्मानले आगामी दिनमा अझै उच्च प्रदर्शन गर्न हौसला मिलेको बताए।

अजितका बुबा पवनकुमार यादवले छोराले नेपालको लागि स्वर्ण जितेकोमा गर्व गर्दै भने ‘हाम्रो शिर उँचो बनाउने काम गर्‍यो’ पवनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.