नेकपाद्वारा बोर्ड बैठक बहिष्कार

नेकपाद्वारा बोर्ड बैठक बहिष्कार

ललितपुर : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मंगलबार कार्यपालिकाको बोर्ड बैठक बोलाए। मूल एजेन्डा थियो प्राविधिक कर्मचारी, नगरप्रहरी भर्नालगायत। बैठकमा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक तथा २९ वडाका अध्यक्ष रवीन्द्र महर्जन बोल्नेबित्तिकै माहोल बिग्रियो। मूल विषयभन्दा बाहिर गएर बोलेको भन्दै उनलाई मेयरले रोकेका थिए। त्यसपछि नेकपा सदस्यहरूले बैठक बहिष्कार गरे।

मेयर महर्जनले उनीहरूले आफूलाई गलत बुझेको बताएका छन्। ‘साथीहरूले बैठक बहिष्कार गर्नुभयो,’ महर्जनले भने, ‘उहाँहरूको ग्रहण गर्ने क्षमतामा भर पर्ने कुरा हो।’ बारम्बार मेयरले पेलेको, बोल्न नदिएको, हेपाहा प्रवृत्ति देखाएको आरोप मेयरलाई लागेको छ। तर, यसको जवाफमा उनले भने, ‘६७ वटा बैठक सम्पन्न गरेँ। समस्या थिएन। ६८ औं मा यस्तो भयो।’ बैठक बहिष्कारपछि नेकपाका सदस्यहरूले आधा घण्टामा आउँछु भने पनि दुई घण्टासम्म पर्खिंदा नआएको बताए।

बैठकको एउटा मर्यादा हुन्छ। जुन एजेन्डा हुन्छ त्यसैमा बोल्नुपर्छ। तर, विषयभन्दा बाहिर गएर बोलेकाले रोकेको पनि बताए। ‘उहाँहरूले लगाएको आरोपमा कतिको तुक छ बुझ्नुपर्‍यो’, महर्जनले भने, ‘नौरंगी कुरा गर्नु उचित छैन।’

तर, मेयरले एकदमै हेपाहा प्रवृत्ति देखाएकाले बाध्य भएर बैठक बहिष्कार गरेको रवीन्द्र महर्जनले बताए। धेरै पटक आर्थिक विकासका विषयमा बोल्न माग गर्दा बोल्न नदिएको गुनासो गरे। आफूले अपमानित महसुस गरेको भन्दै पेलानले कुनै काम नहुने बताए। उनले भने, ‘तपाईं चुप लाग्नुस् भनेर आदेश दिन मेयरले पाउँदैन।’

बैठकमा कर्मचारी भर्नाको विषयमा के–कति, कस्ता कर्मचारी भर्ना गर्ने र भएका कर्मचारीबारे जानकारी पाउनुपर्ने तथा ठुल्ठूला हाउजिङले कर नतिरेको विषयमा बोल्दा यस्ता समस्या निस्किएको बताए। उनले भने, ‘मेयरले आफूलाई सुधार गर्नुपर्छ।’

वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले महानगरपालिकाले उद्योग वाणिज्य संघसँग मिलेर आर्थिक विकास समितिलाई जानकारी नदिई कर अनुगमन स्थगन गरेको दाबी गरेका छन्। मंसिरदेखि वडामा कर लिने व्यवस्था गरे पनि मेयर र उपमेयरलाई त्यो कुरा मन नपरेको जनाए। त्यसैले यस्ता विषय उठान गरेका बेला मेयरले बोल्न नदिएको पनि बताए। ‘बैठकमा आदेश होइन, रुलिङ मात्रै गर्न पाइन्छ’, उनले भने, ‘नगरसभा भनेको संसद् हो। त्यो उहाँले बुझ्नु भएन।’

कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष सुदर्शन मि श्रले मेयर महर्जनले प्रोजेक्ट म्यानेजरजस्तो भएर बैठकमा प्रस्तुत भएको आरोप लगाए। कार्यपालिकाका सदस्यहरूले उनले भन्दा भिन्न विचार व्यक्त गरेपछि हप्काउने, थर्काउने गरेकाले बैठकमा नबसेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.