२ सय १२ किलो गाजासहित दुई पक्राउ

२ सय १२ किलो गाजासहित दुई पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले २ सय १२ किलो अवैध लागुऔषध गाजासहित दुईजनालाई पक्राउ गरेको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा- ३ स्थित तीनताप्केबाट बुधबार दिउँसो पक्राउ परेका उनीहरुलाई बिहीबार बिहान प्रहरीले सार्वजनिक गरेको हो। 

ना ३ च ३७६९ नम्बरको पिकअप गाडीमा लुकाएर ल्याउँदै गरेको गाजासहित पक्राउ पर्नेमा महोत्तरी बर्दिवास-११ बस्ने ३६ वर्षीय चालक रामजस यादव र १९ वर्षीय उज्वल गुर्मछाने मगर रहेका छन्। 

विशेष सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झा समेतको संयुक्त टोलिले गाडी चेकजाँच गर्दा गाजा फेला परेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए। 'पिकअप गाडीको पछाडीको ढालामा त्रीपालभित्र प्लास्टिकमा बेरेर राखेको चारपाटे आकारको ३० वटा पोकामा उक्त परिमाणको गाजा फेला पारेका हौं,'उनले भने।

घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरी प्रमुख सिंहले बताए। लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागुऔषध बिक्री र कारोबार गर्नेलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरिवाना र सवारी साधन समेत जफत हुनसक्ने कानुनी प्रवधान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.