प्रहरीद्वारा अफिम खेती नष्ट

प्रहरीद्वारा अफिम खेती नष्ट

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका-१ मा लगाइएको ठूलो परिणामको अफिम खेती प्रहरीले नष्ट गरेको छ। विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले १० कठ्ठा जमिनमा लगाइएको उक्त अफिम खेती नष्ट गरेको हो।

नलगाड नगरपालिका-पातल, खौला, गर्वे लगायतका ठाउँमा दश कट्ठाभन्दा बढी जमिनमा गरिएको लागुऔषध अफिम खेती नष्ट गरेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय जाजरकोट र इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायव निरीक्षक लालमणी जोशीको कमाण्डमा गएको संयुक्त प्रहरी टोलीले अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख श्याम खत्रीले बताए।

नलगाड नगरपालिकाको खौला, मंसिरी, रुपलगायतका ठाउँमा केही वर्ष पहिलादेखि प्रत्येक वर्ष नेपाल प्रहरीले अफिम खेती नष्ट गर्दै आएको भएपनि स्थानीयले लुकिछिपी लगाउन छोडेका छैनन्।

अफिमको कच्चा पदार्थ जाजरकोटबाट अवैध तरिकाले नेपालका सहरी क्षेत्रलगायत विदेश समेत निर्यात हुने गरेको छ। अफिमलाई नेपाल सरकारले लागुऔषधको रुपमा प्रतिबन्धित गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.