सडकमै समर्थकलाई भेट्दै पूर्वराजा (फोटोसहित)

सडकमै समर्थकलाई भेट्दै पूर्वराजा (फोटोसहित)

इलाम : सत्ता च्युत भएपछि पहिलो पटक पूर्वी पहाडको यात्रामा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार इलामका सर्वसाधारणलाई सडकमा भेटेका छन्। उनको स्वागतमा सदरमुकामको नजिक चोकदेखि लामबद्ध सर्वसाधारणलाई भेटेका हुन्।उनलाई भेट्न सयौं नागरिक लामवद्ध भएका थिए। 

राजावादीले 'राजा आउ देश बचाउ' लगायतका नारा लगाएका थिए। हँसिलो मुद्रामा सडकमा आएका उनले बालबालिका देखि जेष्ठ नागरिक सम्मलाई धाप मार्दै स्वागत स्वीकार गरेका थिए।

आइतबार इलाम आएका उनी धार्मिक भ्रमणका लागि पूर्वी पहाड आएको बताइएको छ । उनले पत्रकारहरु माझ आफु र्मीक भ्रमणका लागि आएको बताए ।  आइतबार साँझ इलाम आएका उनी सदरमुकामको समिट होटलमा बसा बसेका थिए। शाह १८ गते बिहान पाँचथर पुगेका थिए।

१९ गते साँझ इलाम फर्कर्केका उनी २० गते होटलमै बसेका थिए।शाहले दिउँसो माईस्थान मन्दिरमा पूजाअर्चना गरेका गरे। इलाम बसाईको क्रममा उनले सर्वसाधारणसँग भेट गरे। बिहीबारझापाको बुधबारेमा पनि कार्यक्रम रहेकाले राजा त्यहाँ जाने कार्यक्रम रहेको सिवसेना नेपालका प्रवक्ता वसन्त विक्रम पाण्डेले बताए। 



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.