अदालतबाट जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
गुलरिया : बर्दिया जिल्ला अदालतको ०७९ जेठ ३ गतेको फैसला आदेशले अप्राकृतिक मैथुन मुद्दामा जरिवाना भइ फरार रहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका निवासी दुवैजनालाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
बर्दिया जिल्ला अदालतको फैसला आदेशले अप्राकृतिक मैथुन मुद्दामा ३ लाख १२ हजार रुपैयाँ जरिवाना तोकिएका दुवै युवालाई घर वतनबाट रितपूर्वक नियन्त्रणमा लिइ आवश्वक कारवाहीका लागि बर्दिया जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले बताए ।
बारबर्दिया नगरपालिका जयनगरबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो ।