संसदमा २० मिनेट बसेर बाहिरिए बालेन–रवि
काठमाडौं : डेढ महिनापछि संसदमा पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शा करिब २० मिनेट जति बसेर बाहिरिएका छन् । प्रतिनिधिसभा बैठक जारी रहेका बेला रास्वपा सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री बालेन्द्र सदनको बैठकमा पुगेका थिए ।
प्रतिनिधिसभा बैठकमा पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर बाहिरिएका हुन् । बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए । प्रधानमन्त्री बालेन्द्र पछिल्लो पटक गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा उपस्थित भएका थिए ।
सो बैठकमा अकस्मात रुपमा पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपाल पनि भारतको जमिन मिचेको’ विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिविरुद्ध त्यसयता दिनहुँ सदनमा विरोध भइरहेको छ । प्रतिपक्षीहरूले शाहले संसदमा आएर त्यसबारे स्पष्टीकरण दिनुपर्ने माग गरे पनि सुनुवाइ भएको छैन ।
प्रतिक्रिया दिनुहोस !