संसदमा गीत गाउन र ब्याटल हान्न आएका होइनौं : सांसद बराल
काठमाडौं : नेकपा एमालेकी सांसद यशोदाकुमारी बराल सदनमा आफूहरु कुनै गीत गाउन र ब्याटल हान्न नआएको बताएकी छिन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद बरालले गृहमन्त्रीले गणेश नेपालीको मृत्युको विषयमा सदनमा आएर धम्कीपूर्ण भाषण दिएको समेत बताइन् ।
उनले आफूहरु सदनमा जनताको आवाज उठाउन आएको बताउँदै गृहमन्त्री सुधन गुरुङले ‘घोक्रो सुक्ने गरी कराउनु भयो’ भन्दै अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति तत्काल रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरिन् । उनले सत्ता पक्षमा सांसदहरुले विपक्षी सांसद बोल्दा हरेक दिन नियमापति गर्ने गरेको बताउँदै सांसद बरालले संसदको नियमावली सत्ता पक्षको लागि मात्र बनाएको हो कि प्रतिपक्षका लागि पनि भन्दै प्रश्न गरेकी छन् ।
उनले प्रधानमन्त्रीले संसदबाटै राष्ट्रघाती अभिव्यक्ति दिँदा पनि कुनै नियमापति नहुने, रेकर्डबाट नहट्ने, गृहमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिँदा पनि केहि नहुने आफूहरुले बोल्दा नियमापति हुने के हो भन्दै प्रश्न गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस !