विद्युत बक्यौताबाट कोही उद्योगी–व्यवसायी उम्कन पाउँदैनन् : मन्त्री श्रेष्ठ
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुल बक्यौता असुली प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री श्रेष्ठले उद्योगी व्यवसायीहरुले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता असुली नियमित प्रक्रिया भएको भन्दै राज्यलाई तिर्नुपर्ने पैसाबाट कोही पनि उम्किन नपाउने बताएका हुन् ।
त्यस्तै उनले हरेक बर्ष असार, साउन र भदौ महिनामा उर्जा प्रवाहमा धेरै चुनौतीहरु आउने गरे पनि यस बर्ष मर्मतको कार्यलाई छिटो र प्रभावकारी बनाइएको जानकारी दिए । बिगतमा तीन महिना चुनौतीपूर्ण देखाएको भए पनि यसलाई नै बहाना बनाएर बस्ने छुट प्राधिकरणलाई नभएको उनको भनाइ छ । त्यस्तै मन्त्री श्रेष्ठले यस वर्षदेखि प्रणालीको स्तरोन्नति गर्नका लागि आवश्यक बजेट र कार्यक्रमहरू राखिएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस !