घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु : दुई घाइते

घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु : दुई घाइते

परासी : घर भत्काउने क्रममा खसेको पर्खालले थिचेर पश्चिम नवलपरासीको सुनवलमा दुई बालिकाको बिहीबार मृत्यु भएको छ।  दुईजना घाइते छन्।  एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  

सुनवल नगरपालिका-१० गैंडाखालका कर्णबहादुर थापाको घर भत्काउने क्रममा अकस्मात भत्किएको पर्खालले थिचेर गम्भीर घाइते भएका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक विरेन्द्र थापाले बताए।  

घरको पर्खाल भत्काइरहेको नजिकै खेलिरहेका बालबालिका पुरिएका थिए। इँटा र माटोले बनेको पुरानो घर मर्मतका लागि भत्काउन थालिएको थियो।  सोही क्रममा अकस्मात पर्खाल भत्किएपछि च्यापिएर उनीहरुको मृत्यु भएको हो।  

घाइते अवस्थामा रहेका चार जनामध्ये एक जनाको आम्दा अस्पता बुटवल र अर्काको देवदह मेडिकल कलेज भलूहीमा उपचारको क्रममा मृत्यु भएको थापाले जानकारी दिए।  

मृत्यु हुनेमा रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षा रहेका छन्।  घाइतेमध्ये रमेश खत्रीकी ६ वर्षीया छोरी दीक्षाको अवस्था गम्भीर छ।  

अर्की सात वर्षीया समीक्षा घाइते छन्।  उनको अवस्था मध्यम छ।  दुवैको प्रादेशीक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।   
  
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.