धमाधम बन्द हुँदै विप्लव कार्यकर्ताका मोबाइल

धमाधम बन्द हुँदै विप्लव कार्यकर्ताका मोबाइल

नवलपुर : नवलपरासी प्रहरीले निगरानी बढाएसँगै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका जिल्ला नेता र सक्रिय कार्यकर्ताका मोबाइल फोन बन्द हुन थालेका छन्। पश्चिम र पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयले केही दिनदेखि विप्लवका जिल्ला नेता र क्रियाशिल कार्यकर्तामाथि निगरानी बढाउँदै खोजी कार्यलाई तीव्र बनाउन थालेपछि उनीहरुले प्रयोग गर्दै आएका मोबाइल अफ हुन थालेका हुन्।

एक साताको अवधिमा नवलपरासीमा जिल्ला इन्चार्ज र भातृ संगठनका प्रमुखसहित ५ जना पक्राउ परेका छन्।मोबाइल खुला हुँदा प्रहरीले 'लोकेसन' पत्ता लगाई पक्राउ गर्न सक्ने भएकाले उनीहरु सम्पर्कविहीन भएका छन्।

नेताहरु पक्राउ पर्न थालेपछि गाउँस्तरदेखि अन्य जिल्ला नेता र भातृ संगठनका कार्यकर्ता सम्पर्कविहीन भएका हुन्। उनीहरुले आफूलाई काम परेको बखत अर्कै नम्बरको सीम प्रयोग गरेर सम्पर्क गर्ने गरेको बताइएको छ। अधिकांश नेता तथा सक्रिय कार्यकर्ता अहिले भूमिगत छन्। 

यसैक्रममा पूर्वी नवलपरासीमा पक्राउ परेका विप्लव नेतृत्वको भातृ संगठन 'जिल्ला जनपरिषद्' नवलपुरका प्रमुखसहित चार जनालाई 'राष्ट्रसेवक कर्मचारी माथि दुव्र्यवहार' गरेको अभियोगमा मुद्दा चलाइएको छ। मुद्दा चलाइएकामा जनपरिषद्का जिल्ला प्रमुख दानबहादुर आचार्य, उपप्रमुख दीपक घर्ती रहेका छन्।

त्यसैगरी विप्लवका जिल्ला सदस्य पारस गौतम र धनबहादुर मर्दनियालाई पनि सोही अभियोगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब उपरीक्षक अजुर्नबहादुर रानाभाटले जानकारी दिए। 

 विनयी-त्रिवेणी गाउँपालिका-३ सुनई घर भएका आचार्यलाई गत मंगलबार दिउँसो सर्दी जाने क्रममा बाटोबाट पक्राउ गरिएको हो।त्यसैगरी देवचुली घर भएका उपप्रमुख घर्ती र सोही ठाउँ घर भई जिल्ला सदस्यको जिम्मेवारीमा रहेका गौतमलाई घर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै कावासोती नगरपालिका-१५ शेरगञ्जका मर्दनियालाई घरबाटै पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले गत सोमबार पक्राउ गरेका जिल्ला इन्चार्ज 'सुमन' उपनामका गंगा ज्ञवालीलाई ट्रकमा आगजनी गरेको आरोपमा मुद्दा चलाइएको छ। 

गत फागुन ३० गते विप्लवले आव्हान गरेको नेपाल बन्दका क्रममा बासाबसही चोकमा रोकी राखेका दुई ट्रकमा आगजनी भएको थियो। ज्ञवालीमाथि आगो लगाएको अभियोगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक थापाले जानकारी दिए। 

नगर इन्चार्जको राजिनामा
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नगर इन्चार्ज गणेश ढकालले पार्टी परित्याग उनलाई गत फागुन २१ गते पश्चिम नवलपरासी प्रहरीले घरबाटै पक्राउ गरेको थियो। राष्ट्रसेवक कर्मचारीमाथि हातपात गरेको अभियोगमा मुद्दा चलाइएका ढकालले विज्ञप्ति निकालेर पार्टीमा नरहेको जनाएका हुन्।

आइतबार धरौटीमा छुटे लगत्तै निकालेको विज्ञप्तिमा पार्टीले यसअघि दिएका सबै जिम्मेवारी र हैसियतमा नबस्ने जनाएका हुन् । विगतमा पार्टीप्रति आस्था रहेपनि आगामी दिनमा त्यस समूहका कुनै पनि गतिविधिमा संलग्न नरहने ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।जिल्ला प्रशासनले ढकाललाई ५ हजार धरौटीमा रिहा गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.