फेवाताल किनारमा नयाँ वर्ष २०७६ को स्वागत तयारी

फेवाताल किनारमा नयाँ वर्ष २०७६ को स्वागत तयारी

पोखरा : फेवाताल किनारमा नयाँ वर्ष २०७६ को स्वागत तयारी सुरु भएको छ।  पश्चिमाञ्चल होटल संघ पोखराले १६ औं फेवा नव वर्ष महोत्सव २०७६ को तयारी गरेको हो।  

नेपाली संस्कृति, खाना र संगीत नाराका साथ नयाँ वर्षको स्वागतको तयारी गरिएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले बताए।  

गण्डकी प्रदेश सकरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरिसकेकाले पनि नेपाली नयाँ वर्षमा आन्तरिक तथा बाहिय पर्यटकलाई आकर्षण गर्ने गरी महोत्सवको तयारी भइरहेको संघका महासचिव गणेश पाहारीले बताए।  

महोत्वस चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवाताल किनार कोमागाने पार्कमा हुनेछ।  नेपाली संस्कृतिको संरक्षक र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यसहित देश विदेशमा प्रवद्र्धनका लागि छानिएका विभिन्न २५ खानाको प्रस्तुति र विक्री गरिने बताइएको छ।  महोत्सवमा गण्डकी प्रदेशका विभिन्न चार प्रकारका खानालाई संगै प्रस्तुत गरिने छ।  

महोत्सवको आकर्षणको रुपमा विभिन्न जातजातीका संस्कृतिक झाकी रहेने छन्।  झाकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ पाउने छन्।  

यसैगरी दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश ३०, २० र १० हजार पाउने छन्।  महोत्सवमा विदेशी पर्यटकलाई लक्षित गरी पर्यटक दौड पनि आयोजना हुनेछ।  

महोत्सवमा हुने नृत्य प्रतियोगिताका विजयीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष तुलाचनले बताए।  पर्यटकीय सिजन सुरु भए पनि विदेशी पर्यटकको आगमन उत्साहाजनक नभएको संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताए।  

महोत्सवले आन्तरिक पर्यटकको आकर्षण गर्ने उनले विश्वास गरे।  ‘नेपाली नयाँ वर्ष मनाउन पोखरा जाऊ’ भन्ने नाराको साथ माहोत्सवको प्रचारका लागि संघले काठमाडौं, जनकपुर, लुम्बिनी र चित्वनमा प्रवद्र्धनात्मक कार्यक्रम गरेर फर्केको संघका अध्यक्ष तुलाचनले बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.