२०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने

२०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने

काठमाडौं : सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ।

समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्न सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको उल्लेख छ। ‘यो नितिगत निर्णय हो’, प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने, ‘सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्न त्यसका लागि हाल प्रयोगमा रहेको ८०० मेगाहर्जको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्ने कुरा अघि बढेको हो।’ यसअघि सेवा प्रदायकले ८ सय र १८ सय ब्यान्ड फ्रिक्वेन्सीमार्फत सीडीएम सेवा प्रदान गर्दै आएका थिए। त्यसमध्ये १८ सय ब्यान्डबाट उपलब्ध सीडीएमए सेवा पूर्ण रूपमा बन्द भइसकेको अर्याल बताउँछन्।

अर्यालका अनुसार ८ सय मेगाहर्ज ब्यान्डमा सीडीएमए सेवा हाल नेपाल टेलिकमको मात्र छ। टेलिकमले सीडीएमए सेवा विस्तार गर्न ६ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्दै आएको छ। यसैबीच गत माघ २९ गते रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैंठकले टेलिकमलाई ८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी थप गरिदिएको थियो। तर, अहिले प्रयोगमा रहेको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने सर्तमा यो उपलब्ध गराएको हो। टेलिकमले देशभर थ्रीजी र फोरजी सेवा विस्तार गरेसँगै सीडीएमए सेवा बन्द गर्ने भनिएको छ। सीडीएमए सेवा बन्द गरेपछि अहिले सीडीएमएका लागि प्रयोग भएको ८ सय मेगाहर्ज ब्यान्डको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता लिने गरी थप १० मेगाहर्ज दिने निर्णय भएको थियो।


सीडीएमए सेवा बन्द गरेपछि अहिले सीडीएमएका लागि प्रयोग भएको ८ सय मेगाहर्ज ब्यान्डको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता लिने गरी थप १० मेगाहर्ज दिने निर्णय भएको थियो।

टेलिकमका साथै यसअघि यो मेगाहर्जमा सीडीएम सेवा युनाइटेड टेलिकम लिमिटेड ९यूटीएल०ले पनि उपलब्ध गराउँदै आएको थियो। कम्पनी नै धरासायी अवस्थामा रहेको यूटीएलको कुनै पनि सेवा सञ्चालनमा नरहेकाले त्यसको सेवा बन्द भइसकेको छ। प्राधिकरणले हालै सार्वजनिक गरेको माघ महिनाको तथ्यांकअनुसार टेलिकमको सीडीएमए मोबाइल फोनका प्रयोगकर्ता १६ लाख १९ हजारभन्दा बढी छन्। अघिल्लो माघमा १५ लाख ४७ हजारभन्दा बढी सीडीएमए ग्राहक रहेकोमा एक वर्षको अवधिमा झन्डै एक लाख ग्राहक बढेका छन्।

एक वर्षको अवधिमा एक लाख हाराहारीमा ग्राहक वृद्धि भइरहेको सेवालाई बन्द गर्दा असर पर्दैन रु भन्ने प्रश्नमा नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘यो सेवामा ग्राहक विस्तारै घट्दै गएका छन्। जीएसएमको बढ्दो प्रयोगले पुरानो प्रविधि सीडीएमएमा ग्राहक घट्दै गएको अवस्था छ।’ सीडीएमए सेवा बन्द गर्ने भनी अहिलेसम्म टेलिकमले कुनै निर्णय गरेको छैन। निर्णय नभए पनि ग्राहक संख्या घट्दै गएको अवस्थामा यसलाई बन्द गर्ने हो।

‘सीडीएमए पुरानो प्रविधि भएकाले विस्तारै यसको प्रयोगमा कमी आएको छ’, अर्यालले भने, ‘नयाँ प्रविधि भित्रिरहेका छन्। नयाँ प्रविधिलाई स्थान दिन पनि सीडीएमएलाई प्रतिस्थापन गर्नुपर्ने भएको हो।’ विश्वमा पनि सीडीएमए टेक्नोलोजी विस्तारै फेजआउट हुँदै गएको छ। एलटीई, फोरजी फाइभजीलगायत नयाँ टेक्नोलोजी भित्रिरहँदा पुरानो प्रविधिको सीडीएमए बन्दै हुँदै जानु स्वभाविक भएको अर्याल बताउँछन्।

अर्यालका अनुसार प्रविधि भनेको त्यसको लागत, क्षमता, विकाससँग जोडिएर आउने विषयमा हो। त्यसैले पनि यसलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ। ‘जसरी टूजी, थ्रीजी, फोरजी हुँदै अहिले फाइभजीको कुरा आएको छ’, अर्यालले भने, ‘त्यसरी नै सीडीएमएबाट जीएसएम हुँदै अहिले एलटीईसम्म पुगेको छ। जीएसएममा पनि नयाँ प्रविधिको विकास भएकाले यसको प्रयोगमा ठूलो वृद्धि भएको हो, जसले सीडीएमएलाई विस्थापित गर्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.