श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे नेपालमा

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे नेपालमा
सुन्नुहोस्

काठमाडौं : श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे नेपाल भ्रमणमा आएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । शनिबार बिहान ११ः५५ बजे काठमाडौं अवतरण गरेका पूर्वराष्ट्रपति विक्रमासिंघे अपराह्न लुम्बिनी गएका छन् । 

मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा सामान्य शिष्टाचार र सुरक्षाको प्रबन्ध गरेको छ । अन्य भेटघाट र भ्रमण आफ्नै हिसाबले गर्ने जनाइएको छ । पूर्वराष्ट्रपति बिक्रमासिंघेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी १७ पुसमा स्वदेश फर्कनेछन् । 

नेपाल र श्रीलंकाबिच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् १९७५ मा कोलम्बोमा मानार्थ महावाणिज्य दूतावास स्थापना र सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरेको थियो । 

यस्तै, काठमाडौंमा सन् १९९३ देखि श्रीलंकाको आवासीय दूतावास छ । नेपाल र श्रीलंका दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापक सदस्य हुनाका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य पनि हुन् । दुई देशले धेरै अन्तर्राष्ट्रिय मुद्दामा समान विचार प्रस्तुत गर्नाका साथै संयुक्त राष्ट्र, असंलग्न आन्दोलन र विश्व व्यापार संगठनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ प्रस्तुत हुने गरेका छन् । 

शाक्यमुनि बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र गन्तव्यका रूपमा रहेको लुम्बिनीमा हरेक वर्ष श्रीलंकाबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् । लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्ने नेपालको प्रयासमा श्रीलंका सरकारले सहयोग गरिरहेको छ । श्रीलंकाले लुम्बिनीमा गुम्बा र ‘रेस्टहाउस कम्प्लेक्स’ पनि बनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.