सामान नछुट्दा अरुण–३ आयोजना सुस्त

सामान नछुट्दा अरुण–३ आयोजना सुस्त

काठमाडौं : भन्सारमा अवरोधका कारण गाडी र अन्य मेसिनरी सामान नछुट्दा अरुण तेस्रो जलविद्युत् आयोजनाको काममा सुस्त बनेको छ। करिब एक महिनादेखि ती सामान भन्सारमा रोकिएका छन्।

भन्सार महसुल छुटमा सामान ल्याउने व्यवस्था नहुँदा गाडी तथा अन्य सामान पैठारीमा ठेकेदार कम्पनी पटेल इन्जिनियरिङ लिमिटेड (पेल)लाई बाधा पुगेको छ। यसले आयोजनाको काममा प्रतिकूल असर परेको आयोजनाले जानकारी दिएको छ।

अरुण–३ जलविद्युत् आयोजनाको पावरहाउसतर्फको प्याकेज सी–टु अन्तर्गको भारतीय निर्माण कम्पनी पेलले यसका लागि अस्थायी रूपमा पैठारी गर्ने जिम्मा पाएको छ। निर्माण सकिएपछि भारत फिर्ता लैजाने गरी निर्माण मेसिनरी, उपकरण, गाडीलगायत सामान आयात भएका बखत लगतमा राख्ने भदौ १७ मा सरकारले निर्णय ग¥यो। मन्त्रिपरिषद्ले ‘मिल, मेसिनरी, निर्माण उपकरण र औजार लगतमा राखी भन्सार जाँचपास गरिदिने’ निर्णय गरेको थियो। तर, अन्य सामग्रीको हकमा स्पष्ट निर्णय नगर्दा पैठारीमा बाधा पुगेको उनीहरू बताउँछन्। एक महिना अगाडिदेखि कम्पनीले सामान छुटाउन पहल गरिरहेको छ। तर अर्थ मन्त्रालयबाट टुंगो लाग्न सकेको छैन।

फेब्रुअरी २५ मा गाडी र अन्य सामान भन्सारबाट छुटाउन नसकेपछि पटेल इन्जिनियरिङ लिमिटेडले अर्थ मन्त्रालय र लगानी बोर्ड गुहारेको थियो। आयोजना प्रमुख आरसीएस रावलले दुवै निकायलाई पत्राचार गर्दै सम्पूर्ण सामग्री सन् २०२२ मा आयोजना सकिएपछि भारत फिर्ता लैजाने प्रतिबद्धता जनाउँदै प्याकेज सी–वानको कम्पनी सरह सुविधा पाउनुपर्ने जिकिर गरेका थिए।

गाडी र अन्य मेसिनरी सामान करिब एक महिनादेखि भन्सारमा रोकिएका रोकिएका छन्।

गत वर्ष आयोजनाको प्याकेज सी–वानमा पनि यस्तै समस्या परेको थियो। तत्कालीन अवस्थामा भारतीय ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट लिमिटेड (जल) को सामान भन्सारमा रोकिएको थियो। सोही वर्ष माघ १४ मा अर्थ मन्त्रालयले तत्कालीन मन्त्रिपरिषद्को निर्णयले नसमेटेको वस्तुलाई बैंक ग्यारेन्टीमा सामान आयात गर्ने निर्णय गरेको थियो। कम्पनीबीचको सम्झौतामा रहेको ‘नन् डिस्क्रिमिनेसन’को व्यवस्थाअनुसार सी–टुका लागि पनि सोही सुविधा दिनुपर्ने कम्पनीको माग छ।

लगानी बोर्डको कार्यालयले आयोजनाका लागि सरकारका तर्फबाट सहजीकरण गरिरहेको छ। आयोजनामा अवरोध पुगेपछि बोर्डले अर्थ मन्त्रालयलाई सुविधा उपलब्ध गराउन पत्राचार गरेको छ। बोर्डले भनेको छ, ‘अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता एसजेचिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएडीसी)ले २३, फ्रेब्रुअरी २०१९ को पत्रमार्फत यस परियोजनाको प्याकेज सी–टु अन्तर्गतको ठेकेदार कम्पनी पटेल इन्जिनियरिङ लिमिटेडलाई सोही परियोजनाको प्याकेज सी–वान अन्तर्गतको ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट लिमिटेडले पाए सरह सुविधा उपलब्ध गराइदिने व्यवस्थाका लागि निवेदन प्राप्त भएको छ।’ अर्थलाई बोर्डले कम्पनीको समस्याबारे जानकारी गराएको हो।

बोर्डको कार्यालयका इन्जिनियर शंकर खत्रीले आयोजनाका काममा सहजीकरणको प्रयास भइरहेको बताए। उनले भने, ‘जयशंकर एसोसिएट लिमिटेड सरह प्रकृतिका भएकाले पटेल कम्पनीले पनि आफ्नो सामान ल्याउन पाउनुपर्ने माग गरिरहेको छ। यसका लागि हामीले आफ्नो ढंगले अर्थ मन्त्रालयसँग सहजीकरणका लागि प्रयास गरिरहेका छौं।’

भदौ २१ मा मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थले मेसिनरी, निर्माण उपकरण र औजार जाँचपास गर्न ती उपकरणको आयातमा लाग्ने कर महशुल पूर्णरूपमा छुट दिने निर्णय गरेको थियो। ती वस्तु फिर्ता नभए आर्थिक ऐन बमोजिम लाग्ने सबै कर महसुल कम्पनीबाट असुल्ने बताएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.