भरतपुरमा एकै परिवारका ३ जनाले गरे आत्महत्या

भरतपुरमा एकै परिवारका ३ जनाले गरे आत्महत्या

चितवन : भरतपुरमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। भरतपुर महानगरपालिका-१८ स्थित शशिनगरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेका हुन्।

जस्तापाता अड्याएको फलाम डण्डीमा ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता आले र १३ वर्षका छोरा विवेश आलेले पासो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले अन्नपूर्ण पोष्टलाई बताए। 

उनीहरुले राति करिब १ बजेको समयमा आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अध्ययन गरिसकेको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ। 
मिलन चोकमा चिया पसल गर्ने मायाले पसल नखोलेपछि दुध विक्रि गर्नेले सोधखोज गरेर स्थानीय र प्रहरीलाई खबर गरेका थिए । मृतक मायाका श्रीमान नरबहादुर आले मगर नेपाली सेनामा कार्यरत छन्। उनीहरु करिब आठ वर्षअघि तनँहुको घुमाउनेबाट बसाई सरी चितवन आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.