घरमै नागरिकता

घरमै नागरिकता

भोजपुर : आमचोक गाउँपालिका–२, वासिङथर्पुकी कालीमाया कटवालले ८८ वर्षको उमेरमा नागरिकता पाइन्। नागरिकता अभावमा बृद्ध भत्ताबाट बञ्चित कालीमायालाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले घरैमा आएर नागरिकता बनाइदिए।

नागरिकता पाएपछि खुसी हुँदै कालीमायाले भनिन्, ‘मर्नेबेला नेपाली भएर मर्न पाउने भएँ। साह्रै खुसी लाग्यो।’ १९८८ सालमा जन्मिएकी अशक्त कालीमायालाई शिविरमा आउन नसके पछि घरमै पुगेर नागरिकता प्रदान गरिएको नागरिकता वितरण टोलीका प्रमुख सहायक प्रजिअ प्रयास भट्टराईले जानकारी दिए।

यस्तै टेम्केमैयुङ गाउँपालिका–३, अन्नपूर्णकी ५९ वर्षीया लक्ष्मी घिमिरे पनि घरमै नागरिकता पाउँदा दंग छिन्। शरीरको आधा भाग नचल्ने लक्ष्मीलाई पनि प्रजिअ हीरादेवी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र वडाध्यक्ष पूर्णप्रसाद राईले घरमै पुगेर नागरिकता प्रदान गरे।

०४४ सालमा नागरिकता पाएकी लक्ष्मीले घर सर्ने क्रममा नागरिकता हराएकी थिइन्। शारीरिक अपांगताकै कारण राज्यबाट पाउने सुविधाबाट बन्चित लक्ष्मीले नागरिकता पाउँदा सदरमुकाम धाउनुपर्ने कष्ट कम भएको बताइन्। उनले भनिन्, ‘कष्टकर यात्रा गरेर सदरमुकाम जानुपर्ने बाध्यता हट्यो। नागरिकता पाउने सपना पनि पुरा भयो।’

प्रजिअ पौडेलले कुनै पनि नागरिक अपांगता भएकै कारण अनागरिक हुन् नपरोस र राज्यबाट पाउने सेवा सुविधाबाट कोही बञ्चित नहोस् भन्ने उद्देश्यले शारीरिक अशक्त, बृद्धबृद्धालाई घरमै पुगेर नागरिकता वितरण गरेको बताइन्।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाउँपालिकाहरूले घुम्ती शिविरमार्फत जिल्लाका सबै स्थानीय तहमा सर्वसाधरणलाई सरकारी सेवा घर घरमै प्रदान गर्न थालेका छन्। अशक्त, बृद्धबृद्धालाई घरदैलोमै पुगेर सरकारी सेवा प्रत्याभूति गराएको छ।

चैत महिनाभित्रै जिल्लाका विभिन्न गाउँपालिकाका केन्द्र, वडामा आयोजना गरिएको शिविरबाट ग्रामीण भेगका हजारौं सर्वसाधरणले सरकारी सेवा लिएका छन्। नागरिकता, नागरिकताको प्रतिलिपी, मतदाता नामावली बनाउन जिल्ला धाउनुपर्ने कष्ट कम भएको रामप्रसाद राई गाउँपालिका ६ बैकुण्ठेका महेश गेलालले सुनाए। आगनमै नागरिकता बनाउन पाएपछि सदरमुकाम धाउने खर्च बचेको साल्पासिलिछो गाउँपालिका ४ खाटम्माका समीक्षा राईले सुनाईन्। ‘नागरिकताका लागि सदरमुकाम धाउनुपर्ने, महँगो पैसा तिरेर होटलमा बास बस्नुपर्ने समस्या टरेको छ’, उनले भनिन्, ‘हाम्रो जस्तो विकट ठाउँका जनतालाई यो शिविर बेलाबेला भइराखे धेरै राहत हुनेथ्यो। हप्तौं दिन लगाएर सदरमुकाम धाउनुपर्ने थिएन।’

जिल्ला प्रशासनले यो महिनाभित्र साल्पासिलिछो गाउँपालिकामा गरेको शिविरबाट ६ वटै वडाबाट ५ सय ८ जना, रामप्रसाद राई गाउँपालिकाको वडा ७ र ८ मा सञ्चालन गरेको घुम्ती शिविरबाट १ सय ३४, आमचोक गाउँपालिकाको केन्द्र बालंखाको शिविरबाट ४ सय ७८ जनाको नागरिकता बनाइदिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.