मलिकालाई म्यासेजमा प्रपोज

मलिकालाई म्यासेजमा प्रपोज

मलिका महत ‘यात्राः दि म्युजिकल भ्लग’बाट डेब्यु गर्दैछिन्। चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। युवाको कलेज लाइफ र यात्रालाई फिल्मले मुख्य कथावस्तु बनाएको छ। लभस्टोरी फिल्म ‘यात्रा’ मा नायक सलिनमान बानियाँ र सलोन बस्नेतको जोडीको रूपमा मलिका देखिने भएकी छन्।

मात्र १९ वर्षको हुँदा फिल्म हात पार्दै उनले रजतपटमा इन्ट्री मारेकी हुन्। त्यसैले पछिल्लो समय उनी चलचित्र क्षेत्रमा क्युट नायिकाको रूपमा चिनिन थालेकी छन्। बीबीए प्रथम वर्षमा अध्ययन गर्दै गरेकी उनी क्याज्वेल तर स्टाइलिस डे«सप गर्न रुचाउँछिन्। फिल्मको ट्रेलरबाट नै दर्शकले उनलाई नोटिस गरेका थिए। नयाँ पुस्ताले रुचाएकी मलिकासँग सपना महर्जनले गरेको शैली वार्ता :

फिल्म यात्रामा तपाईंको भूमिका के हो ?

म दृष्टिविहीनको भूमिकामा छु। म्युजिकप्रति रुचि राख्छु र यसैमा आत्मसन्तुष्टि खोज्ने खालको मेरो भूमिका छ।

फिल्ममा कसरी आबद्ध हुनुभयो ?

यो फिल्मका निर्देशकबाट फोन आएपछि म तीन दिनको अडिसनमा सहभागी भएँ। त्यसबाट छानिएपछि फिल्म पाएकी हुँ। मेरो म्युजिक भिडियाबाट चलचित्रको टिमले मलाई खोजेको हो।

फिल्मको नाम जस्तै तपाईं कत्तिको यात्रा गर्नुहुन्छ ?

नयाँ ठाउँ घुम्न मन लागे पनि मलाई यात्राको प्रक्रिया मन पर्दैन। यसले थकित बनाउँछ। फिल्म सुटिङको क्रममा धेरै यात्रा गरेँ। यात्रा गर्दाका राम्रो पक्ष पनि हुने रहेछ भन्ने थाहा पाएँ।

फिल्ममा कुन सिन गर्न सबैभन्दा गाह्रो भयो ?

‘चट्ट रुमाल’ बोलको गीतमा निकै भएको थियो। मलाई त्यति राम्रो नाच्न आउँदैन। त्यसमाथि गर्मी र टाइट कस्टुम्यले अझै गाह्रो बनायो। फिल्ममा मैले पटक पटक गाउने अभिनय गर्दा पनि गाह्रो भयो।

तपाईंको रुचि अभिनय नै हो ?

म सानैदेखि ड्रामामा रुचि राख्थेँ। स्कुलमा पनि म ड्रामामा भाग लिन्थे। अभिनयप्रतिको रुचि त्यतिखेरदेखि नै भएको हो। फिल्मको नायिका बन्ने कुनै सोच चाहिँ थिएन।

के के कुरामा रुचि छ ? के मा छैन ?

मलाई स्पोर्टमा टेबलटेनिस मन पर्छ। तर अहिले खेल्ने बानी छुटिसक्यो। पढाइमा ठीकै मात्र छु। मलाई गणित विषय निकै गाह्रो लाग्छ। हिसाबकिताबमा पनि म कमजोर छु। बरु थ्यौरी पढ्न सक्छु।

तपाईं प्रायः चुपचाप बस्नु हुन्छ नि ?

म अरूले बोल्न नचाहेसम्म आफैं हाइहेल्लो गर्न सक्दिनँ। म छिटो साथी बनाइहाल्न पनि सक्दिनँ। मेरो स्वभाव चुपचाप बस्ने खालकै छ। बरु अहिले अलि खुलेकी छु। सायद यो फिल्म गरेपछि होला। पढाइको सिलसिलामा पनि थुपै्र प्रिजेन्टेसन हुन्थ्यो। त्यसले पनि डर हटायो। पहिले त साथीहरू पनि कम थिए अहिले साथीहरूको सर्कल बढेको छ।

रिलेसनसिपमा हुनु हुन्छ कि हुनुहुन्न ?

अहिले त कुनै रिलेसनसिपमा छैन। करियर बल्ल त सुरु हुँदैछ। स्कुल पढ्दा मलाई लभ गर्नुपर्छ भन्ने मान्यता नै मन पर्दैन थियो। यो लभ भनेको नराम्रो चिज हो जस्तो लाग्थ्यो। मेरो स्कुलको ग्रुप नै यस्तै सोच्थ्यो। कहिल्यै पनि ब्वाईफ्रेन्ड नबनाउने सोच्थ्यौं। कसैले प्रपोज गरिहाल्यो भने पनि सीधै ‘नो’ भन्थ्यौं। भ्यालेन्टानमा गुलाबका फूल आउँदा पनि मैले कयौं पटक फ्यालिदिएको छु। होइन भने फिर्ता गरिदिन्थेँ। लभको मामलामा म छुच्ची थिएँ। जे होस् माया गर्नेहरू धेरै थिए।

अहिले कत्तिको प्रपोज आउँछ ?

मलाई भेटेर प्रपोज गर्ने त अहिले आएका छैनन् तर सामाजिक सञ्जालमा म्यासेज गरेर प्रपोज गर्नेहरू धेरै छन्। यस्तो लभ प्रपोजको मतलव भने लाग्दैन। कसैले म्यासेज गरिहाल्यो भने रिप्लाई गर्न पनि गर्दिनँ। मलाई म्यासेन्जर चलाउनै झ्याउ लाग्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.