पेस्तोलसहित भारतीय नागरिक पक्राउ

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

राजविराज : सशस्त्र प्रहरीले शुक्रबार सप्तरीबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

चेकजाँचका क्रममा भारतको सुपौल जिल्ला डगमारा ग्राम पञ्चायत १२ घर बताउने २३ वर्षीय रमेशकुमार मण्डल पक्राउ परेको सशस्त्र प्रहरी ६ नम्बर गणका एसपी खेम थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट छिन्नमस्ताका सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्रबहादुर थापाको कमान्डमा खटिएको गस्ती टोलीले मण्डललाई पेस्तोलसहित पक्राउ गरेको हो। सशस्त्र प्रहरी टोलीले छिन्नमस्ता गाँउपालिका ३ गोविन्दपुरस्थित सीमा क्षेत्रबाट मण्डललाई पक्राउ गरेको जनाएको छ।

सशस्त्र एसपी थापाका अनुसार हतियार तस्करीहरुले एक पटक पेस्तोल र अर्को पटक गोली ल्याउने गरेका छन्। पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि शुक्रबार नै हतियारसहित जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.