पहिरोको जोखिममा बाँसकोट

पहिरोको जोखिममा बाँसकोट

जाजरकोट : दलित समुुदायको मात्र बसोबास रहेको नलगाड नगरपालिका–९ बाँसकोट पहिरोको उच्च जोखिमा परेको छ। गाउँमाथि रहेको ठूलो पहाड झर्ने जाखिम भएपछि यो बस्तीका बासिन्दा त्रसित बनेका छन्।

बस्तीमाथिको पहाडमा चिराचिरा परेको हुुँदा गाउँमाथि पहिरो खस्ने जोखिम बढेको नलगाड–९ का वडाध्यक्ष विष्णुु विकले बताए। पहिरोको जोखिम भए पनि दलित समुुदायको उक्त बस्ती अन्यत्र बसाइँ सर्न नसक्ने अवस्था रहेको वडाध्यक्ष विकले जानकारी दिए। विकले भने, ‘पूरै ४३ दलित परिवारको बसोवास रहेको सो बस्तीका बासिन्दा विकल्प नभएपछि जोखिम देख्दादेख्दै पनि बस्न बाध्य छन्।’

बाँसकोट पहिरोको जोखिममा छ भन्ने कुुरा जिल्लाका सबै राजनीतिक दल र सरकारका नेतालाई जानकारी भए पनि दलित बस्ती जोगाउन कसैको ध्यान नगएको अध्यक्ष विक बताउँछन्। नलगाड नगरपालिकामा बाँसकोट मात्र नभई वडा नम्बर १० रोली, १२ औलगुुता र वडा नम्बर ४ को प्रायः ठाउँमा पहिरोको उच्च जोखिम देखिएको छ।

नलगाड नगरपालिकाका प्रमुुख टेकबहादुुर रावलले बाँसकोट पहिरोको उच्च जोखिममा रहेको बताउँदै बस्ती नै स्थानान्तरण गर्नुुपर्ने अवस्था आएको जानकारी दिए। नगरभित्र बस्ती स्थान्तरणका लागि उपयुुक्त स्थान नभएको र नगर क्षेत्रबाहिर बस्ती सार्न संघीय र प्रदेश सरकारलाई आग्रह गरिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.