ओभर स्टे ३ लेबनानी पक्राउ

ओभर स्टे ३ लेबनानी पक्राउ

काठमाडौं : शंकास्पद गतिविधिमा संलग्नताको आशंकामा एकै परिवारका ३ लेबनानी पोखरामा पक्राउ परेका छन्। भिसाको म्याद गुज्रिएपछि पनि उनीहरू पोखरामा बस्दै आएका थिए। उनीहरू झन्डै ३ वर्षदेखि पोखराको खपौँदी क्षेत्रमा अवैध बसोवास गर्दै आएका थिए। उनीहरू पोखरामा के गरिरहेका थिए विवरण खुलेको छैन। पक्राउ पर्नेमा अली सेलिमेन, उनकी दुई छोरी मरियम र फातेमी छन्।

उनीहरूसँग लेबनानको वैध राहदानी पनि छैन र नेपालको भिसा पनि छैन। पोखरास्थित पर्यटक प्रहरीले पक्राउ गरी गत साता उनीहरूलाई अध्यागमन कार्यालयमा बुझाएको थियो। पक्राउ परेपछि पर्यटक प्रहरीसँग उनीहरूले आफूहरूसँग राहदानीसमेत नभएको बताएका थिए। तर प्रहरीले खानतलासीका क्रममा राहदानी बरामद गरेको थियो। उनीहरूको राहदानीको म्याद सन् २०१७ मा नै गुज्रिसकेको पाइएको छ। बयानमा उनीहरूले लेबनान फर्कन नचाहेको बताए पनि नफर्कने कारण खुलाएनन्।

उनीहरू पहिलो पटक सन् २०१६ नोभेम्बर १२ मा पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए। पोखराका पर्यटक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विधानसिं क्षेत्रीले अवैध तवरबाट प्याराग्लाइडिङसम्बन्धी काम गर्दै आएको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको बताए। त्यहाँको अध्यागमन कार्यालयले थप अनुसन्धानका लागि उनीहरूलाई अध्यागमन विभागमा पठाएको छ। पोखरा अध्यागमन कार्यालयकी प्रमुख प्रमिला गौतमले अवैध रूपमा बसेका ३ लेबनानी पक्राउ गरी विभाग पठाइएको बताइन्। उनले भनिन्, ‘भ्यालिड भिसा नभएकाले पक्राउ गरिएको हो।’

गृह मन्त्रालय कतिसम्म लाचार छ भने कुन कुन देशका कति जना विदेशी ओभर स्टे छन् त्यसको तथ्यांकसमेत उसँग छैन।

भिसाको म्याद गुज्रिसकेपछि पनि उनीहरू किन अवैध रूपमा बस्दै आएका थिए, अनुसन्धानको विषय बनेको छ। विदेशीमाथि अनुगमन नहुँदा असंख्य विदेशी अवैध तवरबाट नेपालमा बसिरहेका छन्। गृह मन्त्रालयले विदेशी नागरिक अनुगमन निर्देशिका जारी गरे पनि त्यसको कार्यान्वयन फितलो छ। कानुन कार्यान्वयन नगर्दा विदेशीहरू बिनाभिसा अवैध तवरबाट यहाँ बसिरहेका छन्। गृह मन्त्रालय कतिसम्म लाचार छ भने कुन कुन देशका कति जना विदेशी ओभर स्टे छन् त्यसको तथ्यांकसमेत उसँग छैन।

अमेरिकीबाहेक अन्य विदेशी पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी समय यहाँ बस्न पाउँदैनन्। नेपाल–अमेरिका भिसा पारस्पारिकतापछि अमेरिकीहरूले एक वर्षको भिसामा १ सय ८० दिन बस्न पाएका हुन्। अली र उनकी एक छोरी मरियम ७ सय ७६ दिन बिनाभिसा बसेको पाइएको छ। अर्की छोरी फातेमी ८ सय ४७ दिन ओभर स्टे छिन्। विभागले उनीहरूमाथि थप अनुसन्धान थालेको छ। उनीहरूले भिसा र विलम्ब शुल्क तिरेपछि मात्र भिसा नियमित गरी निष्काशन प्रक्रिया थाल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.