घर निर्माणको घोषणा छिट्टै कार्यान्वयन गर : महताे

घर निर्माणको घोषणा छिट्टै कार्यान्वयन गर : महताे

वीरगन्ज : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले चक्रपातसहित आएको हुरीले घरबार विहिनको पुर्नस्थापनाका लागि घर निर्माणको काम तत्कालै सुरु गर्न सरकारसँग माग गरेका छन्। सोमबार बिहान हुरीका घाइतेहरुलाई भेट्दै महत्तोले पिडितहरुका लागि तत्कालै घर निर्माणको काम थाल्न सरकारसँग माग गरेका हुन्।

नेशनल मेडिकल कलेज पुगेका महतोले भने,‘हावाहुरी र वर्षातको मौसम अब सुरु हुदैछ, अहिलेको अस्थायी पाल र टेन्टले पानी र हावा थेग्न सक्दैन, त्यसैले स्थायी घर निर्माणको काम तत्कालै सुरु गरिहाल्नु पर्छ।’ हुरीमापरी घरबार विहिन भएका बारा र पर्साका पिडितहरुका लागि संघीय सरकारले प्रदेश सरकारको समन्वयमा स्थायी घर निर्माण गर्ने घोषणा चैत २२ गते नै गरिसकेको छ। 

सरकारले घर बनाउने घोषणा मात्रै गरेको तर त्यसको कार्यन्वयनका लागि अहिले सम्म कुनै पहल नथालेको भन्दै महत्तोले भने,‘विपतका घटना भएको नौ दिन भइ सक्यो, सरकारले घर बनाइ दिन्छौ भनेर घोषणा मात्र गरेर हुदैन, घोषणा गरेको कुरा कार्यान्वयन पनि गर्नुपर्छ।’ 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.