तस्करको डेरामा प्रहरीको छापा, अवैध कपडा बरामद

तस्करको डेरामा प्रहरीको छापा, अवैध कपडा बरामद

भैरहवा : रुपन्देही प्रहरीले ठुलो परिमाणा अवैध कपडा बरामद गरेको छ। ओमसतिया गाउँपलिका -२ पडसरीस्थित एक घरमा भण्डारण गरी राखिएको कपडा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तस्करले दिनहुँ सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा भन्सार छली गरी पडसरीस्थित लिएको डेरामा भण्डारण गर्ने गरेका थिए। सोही क्रममा सोमबार पनि तस्करले भन्सार छली गरेर भण्डारण गरिरहेको अवस्थामा कपडा बरामद गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।

कपडासँगै अर्घाखाँचीका लालबहादुर केसीलाई पनि पक्राउ गरिएको र तस्करीमा प्रयोग गरिएको स्कुटी पनि नियन्त्रणमा लिइएको थापाले बताए। बरामद चार सय थान कपडामा लेडिज कुर्ती र सुट रहेको छ। पक्राउ परेका तस्कर र कपडालाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.