हुवावे पी ३० सिरिज सार्वजनिक

हुवावे पी ३० सिरिज सार्वजनिक

काठमाडौं : हुवावेको पी ३० सिरिजअन्तर्गतका स्मार्टफोन नेपालमा सार्वजनिक गरिएको छ। याक एन्ड यती होटलमा पी ३० सिरिजका स्मार्टफोन हुवावे पी ३०, हुवावे पी ३० प्रो र हुवावे पी ३० लाइट सार्वजनिक गरिएको हो।

नेपाली बजारमा हुवावे पी ३०, हुवावे पी ३० प्रो र हुवावे पी ३० लाइट स्मार्टफोन बिक्री चैत २९ बाट सुरु हुने कम्पनीले जानकारी दिएको छ। हुवावे पी ३० प्रो को मूल्य एक लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने हुवावे पी ३० को मूल्य ८४ हजार ९०० छ। त्यस्तै हुवावे पी ३० लाइटको मूल्य ३९ हजार नौ सय ९० रुपैयाँ पर्छ। अग्रिम बुकिङ बुधबारसम्म गर्न सकिनेछ।

हुवावेको पी ३० सिरिजका स्मार्टफोन शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ«े बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ।

हुवावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा हुवावे पी सिरिज डीएनएमा आधारित रही निर्माण गरिएको छ। कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ। यी स्मार्टफोनमा नवीनतम हुवावे सुपरस्पेक्ट्रम सेन्सर, एनप्टिकल सुपरजुम लेन्स र हुवावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा), स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ।

यसको एआईएस, ओआईएस र हुवावेको पी ३० प्रो को एफ÷१.६ इन्चको वाइड एपरर्चरसहित सेन्सर प्रविधिमा आएको आधारभूत परिवर्तनले फोटोग्राफी र भिडियोग्राफीको असामान्य अनुभव प्रदान गर्छ। एकदमै कम उज्यालो वा चम्किलो प्रकाशमा पनि स्पष्ट र प्रष्ट तस्वीर खिच्छ।

हुवावेले वाच जीटी एक्टिभ इडिसन र एलिगेन्ट इडिसन, हुवावे फ्रिलेस वायरलेस इयरफोन, हुवावे एक्स जेन्टलमोन्स्टर आईवेयर पनि सार्वजनिक गरेको छ। नयाँ सुपरजुम लेन्सले पाँच गुणा अप्टिकल जुम, १० गुणा हाइब्रिड जुम र ५० गुणा डिजिटल जुम सपोर्ट गर्छ।

हुवावे टीओएफ क्यामराले एक्युरेट इमेज दिन डेप्थ अफ फिल्ड इन्फर्मेसन कैद गर्छ। हुवावेको एआईले पर्फेक्ट तस्वीर दिन सघाउँछ। एआई एचडीआर प्लसले फ्रन्ट र रियर क्यामरा सञ्चालन गरी एकैपटक खिचिएका तस्वीरलाई राम्रो बनाउँछ। हुवावेको पी ३० सिरिजमा भएको स्मार्ट फोटोग्राफीलाई सुपरस्पेक्ट्रम सेन्सरले रातमा खिचिएका तस्वीर पनि उज्यालो र प्रष्ट आउँछ। यसले स्मार्ट भिडियोग्राफीको परिभाषालाई पुनः परिभाषित गरेको कम्पनीको दाबी छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.