प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक

सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै
फाइल तस्बिर।
सुन्नुहोस्

‍‍काठमाडौं : सरकारले आज आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

सरकारको सिफारिसमा आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि २:४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई संसद सचिवालयले आग्रह गरेको छ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका दुवै बैठक अवरोध गर्दै आएको छ। सभामुखले गृह मन्त्रालय र लामिछानेमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा बोल्न समय दिँदा वेलमा पुगेपछि कांग्रेसले रोस्टम् घेराउ गरेर बोल्न समेत दिएको थिएन। 

कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका थिए।  तर महामन्त्री गगन थापाले सदनमा गृहमन्त्रीको जवाफ सुन्नका लागी आफूहरु तयार रहेपनि सभामुखले जबरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको दाबी छ। 

आज संयुक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने प्रतिपक्ष दल कांग्रेस अन्योलमा रहेको छ। कांग्रेसले सदन कसरी प्रस्तुत हुने भन्ने निर्णय लिन आज बिहान ८ बजे संसदीय दल कार्यसमिति र त्यसपछि संसदीय दलको बैठक बोलाएको छ। 

नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.